फन्डले सबै विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने

,   लिम्बुवान न्युज
                       

काकड्भिटटा,२० माघ । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने भएका छन् ।

मेचीनगर वडा नं १० काँकडभिट्टा निवासी उनले नगरका सवै सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि कम्प्यूटर ल्याव स्थापना गरिदिने घोषणा गरेका हुन् ।
ब्रिटीश गोर्खा सेनाबाट निवृत्त भई हाल बेलायतमा बसोबास गरिआएका उनी बेलायतस्थित गोर्खा मेमोरियल फन्डको अध्यक्ष समेत हुन् । बेलायतमा नगरको पूर्वकाउन्सिलर पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हो ।

हाल नेपाल भ्रमणमा रहेका उनले काँकडभिट्टामा गोर्खा मेमोरियल फाउन्डेसन नेपालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेचीनगरका सरकारी विद्यालयमा कम्प्युटर शिक्षालाई सहज बनाउन कम्प्युटर ल्याब स्थापनामा सहयोग गर्ने घोषणा गरेका थिए ।

सन् २०२४ देखि मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिने परियोजना सुरु हुने र यसका लागि तयारी भइरहेको उनले जानकारी दिए । मेचीनगर र बेलायतको फोक्सटन सिटीबीच उनकै पहलमा भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।

चार वर्षअघि उनकै पहलमा फन्डले काँकडभिट्टा उच्च माध्यमिक विद्यालयलाई रु २७ लाखको लागतमा ३१ आधुनिक कम्प्युटर र सीसीटीभी सहयोग गरेर कम्प्युटर ल्याब स्थापना गरिएको थियो ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;