सुनिता थेगिमको ‘मखमली फुल फुलेछ’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, २० माघ । पछिल्लो समय दर्शकहरुको माझ लोकप्रिय बन्दै आईरहेकी सुमधुर आवाजका धनी लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको मिठो गीत ‘मखमली फुल फुलेछ’ सार्वजनिक गरिएको छ ।

गीतकार प्रेनिङ प्रयास राईको शव्दभावहरुमा संगीतकार सुमन राईको संगीत तथा संगीत संयोजनमा दीपा तामाङ र वविना राईको कोरस आवाज रहेको पुर्वेली गीत ‘मखमली फुल फुलेछ’ को भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायीका सुनिता थेगिमको साथमा रोजिना थेगिम लिम्बू र नविना सङबाङफेको अभिनय रहेको भिडयोलाई इसाक जबेगुले छायाँकन, कलरिङ तथा सम्पादन गरेका हुन् ।

भिडियोमा फामाहिम बुटिकको प्रस्तुति तथा पहिरन, धिरेन र दिपकको लाईट, अस्मिता राईको हेयर रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनी र रेकर्डिङ सुबास कुथुमी राईले गरेका छन् ।

भिडियाे तल हेर्नुहाेस्ः

https://www.youtube.com/watch?v=lkN9n-ZgzEg

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...