सुनिता थेगिमको ‘मखमली फुल फुलेछ’ सार्वजनिक

,   लिम्बुवान न्युज
                       

दमक, २० माघ । पछिल्लो समय दर्शकहरुको माझ लोकप्रिय बन्दै आईरहेकी सुमधुर आवाजका धनी लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको मिठो गीत ‘मखमली फुल फुलेछ’ सार्वजनिक गरिएको छ ।

गीतकार प्रेनिङ प्रयास राईको शव्दभावहरुमा संगीतकार सुमन राईको संगीत तथा संगीत संयोजनमा दीपा तामाङ र वविना राईको कोरस आवाज रहेको पुर्वेली गीत ‘मखमली फुल फुलेछ’ को भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायीका सुनिता थेगिमको साथमा रोजिना थेगिम लिम्बू र नविना सङबाङफेको अभिनय रहेको भिडयोलाई इसाक जबेगुले छायाँकन, कलरिङ तथा सम्पादन गरेका हुन् ।

भिडियोमा फामाहिम बुटिकको प्रस्तुति तथा पहिरन, धिरेन र दिपकको लाईट, अस्मिता राईको हेयर रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनी र रेकर्डिङ सुबास कुथुमी राईले गरेका छन् ।

भिडियाे तल हेर्नुहाेस्ः

https://www.youtube.com/watch?v=lkN9n-ZgzEg

 

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;