थाले दृष्टिबिहीनले आफै चप्पल उद्योग सञ्चालन गर्न

 लिम्बुवान न्युज
                       

दमक, २० माघ । झापाको दमकमा रहेका दृष्टि विहीनहरु स्वावलम्बी बन्न थालेका छन् । दमक नगरपालिकाको ३ लाख रुपयाँ सहयोगमा चप्पल बनाउने मेशिन खरिद गरी चप्पल निर्माण गर्न थालेको उनीहरुले बताएका छन् ।

आज एक औपचारिक कार्यक्रम गर्दै दृष्टिविहीनहरुले चप्पल कारखानाको उद्घाटन गरेका छन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले चप्पल उद्योगको उद्घाटन गर्दै दृष्टि विहीनहरुले समेत उद्योग गर्न थाल्नु सपाङ्गहरुका लागि समेत उदाहरण भएको बताएका छन् ।

झापा नेत्रहिन संघको आयोजनामा शुरु गरिएको चप्पल उद्योगले शारीरिकरुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई समेत टेवा पुग्ने संघकी अध्यक्ष यसोदा बरालले बताइन् । रोशन थापाको अगुवाईमा शुरु गरिएको चप्पल उद्योगले अपाङगहरु पनि सपाङ्ग जतिकै काम गर्न सक्छन् भन्ने उदाहरण दिन काम थालेको उनीरुले बताएका छन् ।

कार्याक्रममा साना घरेलु उद्योग झापाका प्रमुख जयनारायण अधिकारी, अपाङसंघ दमकमा सचिव मदन वोहोरा लगायतले दृष्टिबिहीनले थालेको कार्यको उच्च प्रशंसा गर्दै बजारीकरणमा सबैले सहयोग गर्नु पर्ने बताएका छन् । (तस्वीरः डिकेश लामा)

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...