लिम्बुवान भोलेन्टियर्सले मोरङ जिल्लामा जिम्मेवारी तोक्यो

 लिम्बुवान न्युज
                       

मोरङ्, २१ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्ुबवान भोलेन्टियर्सले मोरङको क्षेत्र नं. १ र ३ मा जिम्मेवारी तोकेको छ । बिहीबार मोरङका आयोजित एक कार्यक्रममा कमाण्डरहरुलाई जिम्मेवारी दिइएको प्रवक्ता काजीमान ओख्राबोले बताएका छन् ।

उक्त कार्यक्रमले मोरङ क्षेत्र नं. १ को विसु लिम्बु, सहन्चार्जहरुमा पूर्णबहादुर लिम्बु र अमृत बि.क. रहेका छन् । त्यसैगरी मोरङको क्षेत्र नं. ३ को इन्चार्जमा हेम बहादुर राई र सहइन्चार्जमा युद्ध लिम्बुलाई जिम्मेवारी दिइएको भोलेन्टियर्सका सिनियर कमाण्डर राजु लिम्बुले बताएका छन् ।

कार्यक्रममा सहकमाण्डर एवम् जनसंगठन विभाग प्रमुख गणेश मिभकद्वारा भोलेन्टयर्सका कमाण्डरहरुलाई प्रमाणपत्र एवम् नियुक्ति प्रत्र प्रदान गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कमाण्डर मिभकले नौ जिल्लाका सबै क्षेत्रमा इन्चार्जहरु निरन्तर तोक्ने बताएका छन् । आगामी आन्दोलन र चुनावहरुमा मञ्चको निर्देशन बमोजिमको हरेक कृयाकलापहरुमा सक्रिय हुने बताएका छन् ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...