लिम्बुवान भोलेन्टियर्सले मोरङ जिल्लामा जिम्मेवारी तोक्यो

,   लिम्बुवान न्युज
                       

मोरङ्, २१ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्ुबवान भोलेन्टियर्सले मोरङको क्षेत्र नं. १ र ३ मा जिम्मेवारी तोकेको छ । बिहीबार मोरङका आयोजित एक कार्यक्रममा कमाण्डरहरुलाई जिम्मेवारी दिइएको प्रवक्ता काजीमान ओख्राबोले बताएका छन् ।

उक्त कार्यक्रमले मोरङ क्षेत्र नं. १ को विसु लिम्बु, सहन्चार्जहरुमा पूर्णबहादुर लिम्बु र अमृत बि.क. रहेका छन् । त्यसैगरी मोरङको क्षेत्र नं. ३ को इन्चार्जमा हेम बहादुर राई र सहइन्चार्जमा युद्ध लिम्बुलाई जिम्मेवारी दिइएको भोलेन्टियर्सका सिनियर कमाण्डर राजु लिम्बुले बताएका छन् ।

कार्यक्रममा सहकमाण्डर एवम् जनसंगठन विभाग प्रमुख गणेश मिभकद्वारा भोलेन्टयर्सका कमाण्डरहरुलाई प्रमाणपत्र एवम् नियुक्ति प्रत्र प्रदान गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कमाण्डर मिभकले नौ जिल्लाका सबै क्षेत्रमा इन्चार्जहरु निरन्तर तोक्ने बताएका छन् । आगामी आन्दोलन र चुनावहरुमा मञ्चको निर्देशन बमोजिमको हरेक कृयाकलापहरुमा सक्रिय हुने बताएका छन् ।

 

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;