तामाङसालिङ मञ्च यूएई गठन, अध्यक्षमा भिमराज तामाङ्

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २१ प्रवास । संघीय तामाङसालिङ सामाजिक मञ्च प्रवास समिति यूएई गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय तामाङसालिङ प्रान्तीय मञ्चको प्रवास समिति यूएई भिमराज तामाङ् अध्यक्षतामा गठन भएको हो ।

तामाङसालिङ मञ्चका अध्यक्ष मिङ्म्मार लामाको भर्चुअल जुम मार्फत आयोजित कार्यक्रमबाट समिति गठन भएको बताएका छन् । समितिको महासचिवमा युनिषा तामाङ्, अर्थसचिवमा चोइकु तामाङ् चुनिएका छन् भने थप पदाधिकारीहरु अर्को कार्यक्रममा थप्ने जनाइएको छ ।

यसैगरी सदस्यहरुमा अनिता तामाङ, वाङ्देन लामा, रेश्मान तामाङ्, सन्तोष तामाङ र सरीता पाख्रिन रहेका छन् । कार्यक्रमलाई लिम्बुवान सामाजिक मञ्च प्रवास समिति युएईले समन्वय गरेको जनाइएको छ ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;