लिम्बुवानखबर, २१ प्रवास । संघीय तामाङसालिङ सामाजिक मञ्च प्रवास समिति यूएई गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय तामाङसालिङ प्रान्तीय मञ्चको प्रवास समिति यूएई भिमराज तामाङ् अध्यक्षतामा गठन भएको हो ।
तामाङसालिङ मञ्चका अध्यक्ष मिङ्म्मार लामाको भर्चुअल जुम मार्फत आयोजित कार्यक्रमबाट समिति गठन भएको बताएका छन् । समितिको महासचिवमा युनिषा तामाङ्, अर्थसचिवमा चोइकु तामाङ् चुनिएका छन् भने थप पदाधिकारीहरु अर्को कार्यक्रममा थप्ने जनाइएको छ ।
यसैगरी सदस्यहरुमा अनिता तामाङ, वाङ्देन लामा, रेश्मान तामाङ्, सन्तोष तामाङ र सरीता पाख्रिन रहेका छन् । कार्यक्रमलाई लिम्बुवान सामाजिक मञ्च प्रवास समिति युएईले समन्वय गरेको जनाइएको छ ।
Related