पत्रकार धम्क्याउने काम बन्द गर्न महासंघकाे चेतावनी

 लिम्बुवान न्युज
                       

दमक, २२ माघ । पत्रकारलाई धम्की नदिन नेपाल पत्रकार महासंघ–१ नम्बर प्रदेश समिति तथा केन्द्रीय समितिले बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई चेतावनी दिएका छन् । सार्वजनिक रुपमा पत्रकार धम्क्याउने काम बन्द गर्दै आफ्नो मर्यादामा बस्न उनीहरुले आग्रह गरेका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका प्रसाईंले पत्रकार सम्मेलनको आयोजना गरेर पत्रकारलाई नै गालीगलौज गर्दै धम्की दिएपछि महासंघ झापाले शुक्रवारनै विज्ञप्ति जारी गरि प्रसाई कार्यशैलीको विरोध जनाएका थिए ।

यसैगरि प्रसाईको हर्कत प्रति महासंघ–१ नम्बर प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालक प्रसाईले समग्र पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका प्रदेश महासचिव विवेक गौतमद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ– ‘प्रकाशित , प्रशारित समाचारप्रति चित्त नबुझे त्यस विषयमा सम्बन्धित सञ्चार माध्यममा खण्डन प्रकाशनरप्रशारण गर्ने, सम्बन्धित सञ्चारमाध्यमबाट उचित सुनुवाई नभए न्यायका लागि कानुनी बाटो हुँदारहुँदै पत्रकारलाई सार्वजनिक रुपमा ठाडो धम्की दिनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी काम हो ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषी उपर कारवाहीका लागि प्रदेश समितिले माग गरेको छ । प्रेस स्वतन्त्रता बिरोधी यस्ता हर्कत नदोहो¥याउन आग्रह गरेको छ । त्यस्तै,पत्रकार आचारसंहिताको पालना गर्न,गराउन सबै सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह समेत गरेको छ ।

यसैगरि महासंघका केन्द्रीय महासचिव रोशन पुरीले समेत विज्ञप्ति जारी गरि मेडिकल सञ्चालक प्रसाईको प्रेस विरोधी हर्कत बन्द गर्न चेतावनी दिएको छ ।

महासंघकाे विज्ञप्तीः

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...