लिम्बुवान मञ्चको पान्थर प्रदेश क संयोजकमा शर्ण लक्सम

 लिम्बुवान न्युज
                       

पान्थर, २३ माघ । संलोरा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल प्रदेश ‘क’ पाँचथरको क्षेत्रीय भेला सम्पन्न भएको छ । आइतबार हिलिहाङ ६ स्थित जोरपोखरीमा सम्पन्न भेलाले शर्ण लक्समको संयोजकत्वमा २५ सदस्यीय अधिबेशन आयोजक समिति गठन भएको हो ।

यसैगरी समितिको सचिवमा कुमार यवा मौसमलाई चयन गरिएको छ भने सदस्यहरूमा छत्र योङ्हाङ, छत्रमान योङ्हाङ, हङ्स लावती, बीरबहादुर केरुङ, टेकेन्द्र सिगु, कमल सिगु लिम्बू, रामचन्द्र नेम्बाङ, मनकुमारी निङ्वारम, हर्कप्रसाद हेम्ब्या, योगेश आङ्थुपो, सम्झना योङ्हाङ, सुमन हाङ्सरुम्बा, अमृता जबेगु, गौरव हाङ्सरुम्बा, नेत्र तावाहाङ, सुजन मादेन, भवानी बिक्रम लिङ्देन, गजेन्द्र लावती, मिङ्सो लिङ्देन, सागर बेघा, सञ्जय माबो, सम्सेर योङ्हाङ, ऐतराज योङ्हाङ चयन भएका छन ।

उक्त भेलाले आगामी २०७८ साल फागुन २७ गतेका दिन हिलिहाङस्थित गोपेटारमा संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ र मञ्चका उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री बिष्णुमाया तुम्बाहाम्फे लगायत केन्द्रीय नेताहरुको उपस्थितिमा विशाल लिम्बुवानी आमसभासहित सम्पन्न गर्ने निर्णय गरिएको प्रदेश संयोजक तथा संघीय सह–सचिव सागर केरुङले बताएका छन् ।

तदर्थ समिति गठन कार्यक्रममा लिम्बुवान प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, सचिवालय सदस्य देउकुमार नेम्बाङ, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, संघीय लेखक मञ्चका अध्यक्ष तथा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरुङ, जिल्ला सचिवद्वय नुनाम केरुङ, योगेश योङ्या, जिल्ला सदस्यहरु नरबहादुर हेम्ब्या, सुरेन्द्र सेवा, राजेन्द्र सिगु, कर्णबहादुर काम्बाङ, रामचन्द्र नेम्बाङ, समिक्षा तुम्बापो, नरेश लक्सम, सन्तोष हाङ्सरुम्बा, संघीय युवा मञ्च जिल्ला उपाध्यक्ष गगन जबेगु लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...