लिम्बुवान मञ्चको पान्थर प्रदेश क संयोजकमा शर्ण लक्सम

,   लिम्बुवान न्युज
                       

पान्थर, २३ माघ । संलोरा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल प्रदेश ‘क’ पाँचथरको क्षेत्रीय भेला सम्पन्न भएको छ । आइतबार हिलिहाङ ६ स्थित जोरपोखरीमा सम्पन्न भेलाले शर्ण लक्समको संयोजकत्वमा २५ सदस्यीय अधिबेशन आयोजक समिति गठन भएको हो ।

यसैगरी समितिको सचिवमा कुमार यवा मौसमलाई चयन गरिएको छ भने सदस्यहरूमा छत्र योङ्हाङ, छत्रमान योङ्हाङ, हङ्स लावती, बीरबहादुर केरुङ, टेकेन्द्र सिगु, कमल सिगु लिम्बू, रामचन्द्र नेम्बाङ, मनकुमारी निङ्वारम, हर्कप्रसाद हेम्ब्या, योगेश आङ्थुपो, सम्झना योङ्हाङ, सुमन हाङ्सरुम्बा, अमृता जबेगु, गौरव हाङ्सरुम्बा, नेत्र तावाहाङ, सुजन मादेन, भवानी बिक्रम लिङ्देन, गजेन्द्र लावती, मिङ्सो लिङ्देन, सागर बेघा, सञ्जय माबो, सम्सेर योङ्हाङ, ऐतराज योङ्हाङ चयन भएका छन ।

उक्त भेलाले आगामी २०७८ साल फागुन २७ गतेका दिन हिलिहाङस्थित गोपेटारमा संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ र मञ्चका उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री बिष्णुमाया तुम्बाहाम्फे लगायत केन्द्रीय नेताहरुको उपस्थितिमा विशाल लिम्बुवानी आमसभासहित सम्पन्न गर्ने निर्णय गरिएको प्रदेश संयोजक तथा संघीय सह–सचिव सागर केरुङले बताएका छन् ।

तदर्थ समिति गठन कार्यक्रममा लिम्बुवान प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, सचिवालय सदस्य देउकुमार नेम्बाङ, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, संघीय लेखक मञ्चका अध्यक्ष तथा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरुङ, जिल्ला सचिवद्वय नुनाम केरुङ, योगेश योङ्या, जिल्ला सदस्यहरु नरबहादुर हेम्ब्या, सुरेन्द्र सेवा, राजेन्द्र सिगु, कर्णबहादुर काम्बाङ, रामचन्द्र नेम्बाङ, समिक्षा तुम्बापो, नरेश लक्सम, सन्तोष हाङ्सरुम्बा, संघीय युवा मञ्च जिल्ला उपाध्यक्ष गगन जबेगु लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;