मञ्चका अध्यक्ष लिङदेन आफ्नो गृह जिल्लामा, मोरङमा प्रदेश क्षेत्रीय समिति गठन कार्यक्रमको उदघाटन

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ्, २४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक आफ्नो गृह जिल्ला पुगेका छन् । आइतबार मिक्लाजुङस्थित नेसेलुङडाँडामा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मोरङ क्षेत्र १ को प्रदेश क्षेत्रीय समिति गठन कार्यक्रमको उद्घाटन गर्न अध्यक्ष लिङदेन गृह जिल्ला पुगेका हुन् ।

मोरङ जिल्ला समितिले क्षेत्र नं. १ को प्रदेश क्षेत्रीय तदर्थ समिति क बाट प्रदेश क्षेत्रीय तदर्थ समिति गठन कार्यक्रम उद्घाटन गर्दै आजबाट जिल्लामा कार्यक्रमको शुभारम्भ गरेको हो ।

संघीय महासचिवः अशाेक चेम्जाेङ

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले मिक्लाजुङको टाँडीको पहिचान भनेको आजभन्दा २५ सय बर्ष अघि देखि नै पहिचान र अस्तित्वको लागि युद्ध लडेको भुमि भएको बताएका छन् । महागुरु फाल्गुनन्दले टेकेको यो पवित्र भूमिले जातीय मुक्ति, आदिवासी मुक्ति, पहिचान र लिम्बुवान राज्य प्राप्तिको लागि योगदान पु¥याएको बताउनु हुँदै यो भूमिमा आफ्नो जिवन वितेको हुँदा सबै एकजुट भएर एकपटक परिवर्तनको राजनीतिमा होमिन्न आग्रह गरेका छन् ।

लिम्प्राबुवान प्नान्तीय सचिवः दिलु लिङदेन

आफ्नो गृहजिल्लाबासीहरुलाई पहिचानको आन्दोलनमा लडिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय तथा संघीय लिम्बुवान प्रान्तीय मञ्चलाई साथ सहयोग गर्न अपिल गरेका छन् ।

कार्यक्रमलाई मञ्चका संघीय महासचिव अशोक चेम्जोङ्, लिम्बुवान प्रान्तीय महासचिव दिलकुमार लावती, संघीय सह–सचिव चौकीदार तामाङ्, प्रान्तीय सचिवहरु रामचन्द्र थापा मगर, दिलु लिङदेन लावती त्यसैगरी लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता गणेश मिभकले सम्बोधन गरेका थिए । यसैगरी कार्यक्रममा संघीय अर्थसचिव सूर्य आङबुहाङ्, प्रान्तीय सचिव राजु राई, सचिवालय सदस्यहरु हर्क लिङदेन, अर्जुन लिङ्देन, धनबहादुर साँवा लगायत मोरङ जिल्लाका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मिक्लाजुङ सल्लाहकार छत्र साउदेनको सभाध्यक्षतामा भएको थियो भने संचालन मोरङ जिल्ला सचिवद्वय बरुण लाबुङ र मिक्सन मिभकले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको सहजीकरण मोरङ जिल्ला अध्यक्ष जीवन खेवाले गरेका थिए ।

तदर्थ समितिका अध्यक्षः चन्द्र सङमी

चन्द्र सोङमीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन

आज नै संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ क्षेत्र नं. १ को प्रदेश क्षेत्रीय समिति क को पुराना नेता चन्द्र सोङमीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

तदर्थ समितिमा निर्वाचित सदस्यहरू

उक्त तदर्थ समितिको सहसंयोजकमा डम्बर बहादुर पङयाङगु चयन भएका छन् भने सदस्यहरुमा कल्पना लिम्बु, सन्तोष बल तामाङ, प्रसादसिं लिम्बु, उषा लिम्बु, तारा वनेम, प्रेम बहादुर लिम्बु, नर बहादुर गुरुङ, मेहरमान कन्दङवा, वल बहादुर माखिम, भूमिका लिम्बु, सुन्दर नुर्गा, रोजित लिम्बु, विकास धिमाल, तारा फियाक र सीता साम्बा रहेका छन् ।

 

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...