मञ्चका अध्यक्ष लिङदेन आफ्नो गृह जिल्लामा, मोरङमा प्रदेश क्षेत्रीय समिति गठन कार्यक्रमको उदघाटन

,   लिम्बुवान न्युज
                       

मिक्लाजुङ्, २४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक आफ्नो गृह जिल्ला पुगेका छन् । आइतबार मिक्लाजुङस्थित नेसेलुङडाँडामा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको मोरङ क्षेत्र १ को प्रदेश क्षेत्रीय समिति गठन कार्यक्रमको उद्घाटन गर्न अध्यक्ष लिङदेन गृह जिल्ला पुगेका हुन् ।

मोरङ जिल्ला समितिले क्षेत्र नं. १ को प्रदेश क्षेत्रीय तदर्थ समिति क बाट प्रदेश क्षेत्रीय तदर्थ समिति गठन कार्यक्रम उद्घाटन गर्दै आजबाट जिल्लामा कार्यक्रमको शुभारम्भ गरेको हो ।

संघीय महासचिवः अशाेक चेम्जाेङ

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले मिक्लाजुङको टाँडीको पहिचान भनेको आजभन्दा २५ सय बर्ष अघि देखि नै पहिचान र अस्तित्वको लागि युद्ध लडेको भुमि भएको बताएका छन् । महागुरु फाल्गुनन्दले टेकेको यो पवित्र भूमिले जातीय मुक्ति, आदिवासी मुक्ति, पहिचान र लिम्बुवान राज्य प्राप्तिको लागि योगदान पु¥याएको बताउनु हुँदै यो भूमिमा आफ्नो जिवन वितेको हुँदा सबै एकजुट भएर एकपटक परिवर्तनको राजनीतिमा होमिन्न आग्रह गरेका छन् ।

लिम्प्राबुवान प्नान्तीय सचिवः दिलु लिङदेन

आफ्नो गृहजिल्लाबासीहरुलाई पहिचानको आन्दोलनमा लडिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय तथा संघीय लिम्बुवान प्रान्तीय मञ्चलाई साथ सहयोग गर्न अपिल गरेका छन् ।

कार्यक्रमलाई मञ्चका संघीय महासचिव अशोक चेम्जोङ्, लिम्बुवान प्रान्तीय महासचिव दिलकुमार लावती, संघीय सह–सचिव चौकीदार तामाङ्, प्रान्तीय सचिवहरु रामचन्द्र थापा मगर, दिलु लिङदेन लावती त्यसैगरी लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता गणेश मिभकले सम्बोधन गरेका थिए । यसैगरी कार्यक्रममा संघीय अर्थसचिव सूर्य आङबुहाङ्, प्रान्तीय सचिव राजु राई, सचिवालय सदस्यहरु हर्क लिङदेन, अर्जुन लिङ्देन, धनबहादुर साँवा लगायत मोरङ जिल्लाका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मिक्लाजुङ सल्लाहकार छत्र साउदेनको सभाध्यक्षतामा भएको थियो भने संचालन मोरङ जिल्ला सचिवद्वय बरुण लाबुङ र मिक्सन मिभकले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको सहजीकरण मोरङ जिल्ला अध्यक्ष जीवन खेवाले गरेका थिए ।

तदर्थ समितिका अध्यक्षः चन्द्र सङमी

चन्द्र सोङमीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन

आज नै संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ क्षेत्र नं. १ को प्रदेश क्षेत्रीय समिति क को पुराना नेता चन्द्र सोङमीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

तदर्थ समितिमा निर्वाचित सदस्यहरू

उक्त तदर्थ समितिको सहसंयोजकमा डम्बर बहादुर पङयाङगु चयन भएका छन् भने सदस्यहरुमा कल्पना लिम्बु, सन्तोष बल तामाङ, प्रसादसिं लिम्बु, उषा लिम्बु, तारा वनेम, प्रेम बहादुर लिम्बु, नर बहादुर गुरुङ, मेहरमान कन्दङवा, वल बहादुर माखिम, भूमिका लिम्बु, सुन्दर नुर्गा, रोजित लिम्बु, विकास धिमाल, तारा फियाक र सीता साम्बा रहेका छन् ।

 

 

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;