प्रमोद र द भ्वाइस किड्स रुक्सानाको नोगेन टेण्डीङ एकमा
बुधबार, २६ माघ, २०७८ बिहानको १०:५२ बजे,
लिम्बुवान न्युज
लिम्बुवान खबर, २६ माघ । गायक प्रमोद खरेलको युट्यव च्यानलबाट आइतबार मात्र सार्वजनिक गीत ‘नोगन’ नेपालको भिडियो म्यूजिक तर्फको यूट्यवको टेण्डीङ १ मा छ ।
गायक खरेल र द भ्वाइस किड्सकी फाइनालिस्ट रुक्सना लिम्बुको स्वरमा सजिएको उक्त गीतलाई आजसम्ममा १५ लाख भन्दा धेरैले हेरिसकेका छन् ।
चल्तिको कलाकार राखेर भिडियो बनाए मात्र चल्छ भन्ने भ्रमलाई यो भिडियोले तोडेको छ । म्यूजिक भिडियो चल्नुमा त्यो गीतको अडियो र शब्द चयन पनि मुख्य रहन्छ भन्ने उदाहरण यो गीतले दिएको छ । लिम्बु भाषामा नोगेनको अर्थ धन्यवाद भन्ने हुन्छ अर्थात आफूलाई यहाँसम्म ल्याउनु हुने गुरुलाई गायिका रुक्सानाले नोगेन भनेर सम्बोधन गरेकि छन् ।
यो गीतको शब्दले सबै दर्शकहरुको मन जित्न सफल भएको प्रष्ट हुन्छ । महेश खड्काको गीत संगीत रहेको उक्त गीतलाई मनिक्षी कोइरालाले निर्देशन गरेकी हुन् । गायक खरेल र रुक्साना कै अभिनय रहेको म्युजिक भिडियो झकिझकाउविना सामान्य तरिकाले निर्माण गरिएको छ । यस गीतको अडियोले नै स्रोताको मन जित्छ । उसो त गीतको भिडियो सामान्य तरिकाले निर्माण गरिएपनि आकर्षक बनाउने प्रयास गरिएको छ ।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...