इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान

 लिम्बुवान न्युज
                       

इलाम । इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार सफल परीक्षण उडान गरिएको छ । इलाम नगरपालिका वडा न ९ मा रहेको विमानस्थलको धावामार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल बायुसेवा निगमको ढल्–ब्द्यत् विमानले परीक्षण उडान गरेको हो ।

आउँदो फागुन ८ देखि नियमित उडान हुन लागेको बिमानस्थलमा सफल परिक्षण भएको छ । बुधबार भएको परिक्षण उडान बिमानस्थलको धावनमार्ग कालोपत्रे भएपश्चात पहिलो उडान भएपनि यो बिमानस्थलको परिक्षण उडान भने द्रोस्रो पटक भएको हो । यस अघि तारा एयरको बिमानले कच्ची धावनमार्गमा गत २०७५ सालको जेठमा पहिलो पटक सफल परिक्षण गरेको थियो ।

बुधबार मुख्य क्याप्टेन पेम्बा शेर्पा, क्यापटेन रक्क्षित मल्ल र नागरिक उड्ययन प्राधिकरणको टोली सहित ११ जनालाई लिएर नेपाल बायुसेवाको बिमान काठमाडौंबाट इलाम उडान गरेको हो । काठमाडौंबाट बिहान ९ः०७ मा उडेको विमान १०ः०४ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो । जहाज बस्नका लागी धावन मार्ग सहज रहेकाले सफल उडान परीक्षण भएको क्यापटेन पेम्बा शेर्पाले बताए । उनका अनुसार यो बिमानस्थबाट नियमित उडान गर्न सकिने बताए ।

यता सुकिलुम्बा बिमानस्थलका आयोजना प्रमुख बिनायक भट्टराईका अनुसार बिमानस्थल नियमित उडानका लागि पुरा भएको भएपनि आबश्यक संरचनाहरु निमार्ण गर्न अझै बाकि रहेको बताए । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो । समुन्द्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ । यो बिमानस्थलले पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...