मिक्लाजुङमा चौमन लेक्वाको कमाण्डमा लिम्बुवान भोलेन्टियर्स गठन

,   लिम्बुवान न्युज
                       

 

मिक्लाजुङ, २६ माघ । मिक्लाजुङ ३स्थित टाँडीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल मातहतको लिम्बुवान भोलेन्टिर्यस मिक्लाजुङ फिल्ड कमान्ड गठन सम्पन्न भएको छ ।

लिम्बुवानका तुम्याहाङ सल्लाहकार छत्र बहादुर साम्बाज्युको सभाध्यक्ष भएको उक्त कार्यक्रम एलभी केन्द्रीय संगठन बिभाग प्रमुख गणेश मिभकको प्रमुख अतिथिमा भएको थियो ।

कार्यक्रममा लिम्बुवान भोलेन्टिर्यसका केन्द्रीय उप–कमान्डर राजु लिम्बु, मोरङ जिल्ला सचिव मिक्सन मिभक, मोरङ निर्बाचन क्षेत्र न १(क) क्षेत्रीय सदस्य बिकास धिमाल, रोजित लिम्बू र मिक्लाजुङ गाउँ कार्य समितिका अध्यक्ष ओम बा चेम्जोङको उपस्थित रहेको थियोे ।

फिल्ड कमाण्डर चौमन लेक्वा लिम्बूको कमाण्डमा कमाण्ड गठन भएको हो । उक्त कमाण्डमा प्राईमरी कमाण्डर दल बहादुर श्रेष्ठ, जोन लिङदेन, राज धमला, युवराज राई, सुसन लिम्बू, सुवास मगर, मनिस सिवा, पेलेहाङ मिभक, बिटेन सिवा, दिप्सन मगर, सचिन राई र बिसन मिभक रहेका छन् ।
कार्यक्रममा जिल्ला सचिव मिक्सन मिभकले सजहीकरण र मिक्लाजुङ अध्यक्ष ओम चेम्जोङको स्वागत मन्तव्य रहेको थियो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;