
झापा, २६ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल बुद्धशान्ति ४ को सिर्जना वस्तीमा लिम्बुवान टोल समिति र एलभी प्राइमेरी कमाण्ड गठन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव मानबहादुर साँवाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।
बुधबार आयोजित कार्यक्रमले सुमन मेन्याङबोको अध्यक्षतामा टोल समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मन कुमार चेम्जोङ, सचिवमा सन्दिप राई, सह–सचिवमा पवित्रा माङयुङ र अर्थसचिवमा मन कुमार थोप्रा रहेका छन् । यसैगरी सदस्यहरुमा खगेन्द्र लिङखिम, गणेश चेम्जोङ, राज बेघा, जम्बू शेर्पा, सोम बहादुर ठटाल दर्जी, गोविन योङहाङ र कुमार शेर्पा रहेका छन् ।
यसैगरी उक्त कार्यक्रममा अरुण मावोको कमाण्डमा प्राइमरी कमाण्ठ गठन भएको छ । प्राइमरी कमाण्डको सह–इन्चार्जमा निमा सेर्पा त्यसैगरी एलभीहरुमा कुमार माङयुङ, रविन मेन्याङबो, जगदिस सेन्दाङ, राजकुमार थोप्रा, विक्रम चेम्जोङ, सुरेन थोप्रा, मनिस थोप्रा, दिवस थोप्रा, शुशील इजम र सुकराज मेन्याङबो रहेका छन् ।
कार्यक्रममा लिम्बुवान प्रान्तीय सचिव तथा एलभी प्रवक्ता काजीमान ओख्राबो, प्रान्तीय सचिव मोहन मावो लगायत नेताहरुले नव निर्वाचित समिति तथा कमाण्डलाई शुभकामना मन्तव्य राखेका थिए ।