संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको पहिलो बिस्तारित बैठकबाट २४ जना मनोनित

,   लिम्बुवान न्युज
                       

लण्डन, लिम्बुवान संवाददाता । संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्चको प्रवास संगठन संघीय लोकतान्त्रिक सामाजिक मञ्च, यूकेको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । आइतबार बेलायतस्थित आसफोर्ड केन्टमा बसेको विस्तारित बैठकले २४ जनालाई मञ्चको कार्यसमितिमा मनोनित गरेको हो ।

गत डिसेम्बर २६ मा मञ्चका संघीय उपाध्यक्ष शर्मिला याक्सो चोङबाङको अध्यक्षतामा बनेको ५१ सदस्यीय कार्य समिति अब ७५ सदस्यीय समिति बनेको नवगठित समितिको उपाध्यक्ष नवराज काम्बाङले लिम्बुवान खबरलाई जानकारी दिएका छन् ।

बेलायतमा बसेका पहिचानप्रेमीहरुको घरघर पुगेर लिम्बुवान सहितको १०+१ प्रान्त बन्ने मुद्दालाई संस्थागत गर्न निरन्तर हरेक दृष्टिकोणबाट मञ्चलाई साथ सहयोग पु¥याउने अभिप्रायले काम गर्नेगरी मञ्च अघि बढ्ने अध्यक्ष याक्सोले बताईन् । आगामी स्थानीय चुनाव भन्दा अघि बेलायतमा बस्ने एक हजार भन्दा धेरैकाे घरमा पुग्ने मञ्चको साधारण सदस्यता प्रदान गर्ने साथै मञ्चको विधान, राजनैतिक एजेण्डा र घोषणापत्र पु¥याई मञ्चले लिएको राजनैतिक विचारलाई साथ सहयोग गर्न अपिल गर्ने पनि सामाजिक मञ्च यूकेको तयारी रहेको छ । –उनले भनेकी छन् ।

यक्सोको अध्यक्षतामा बनेको कार्य समितिको उपाध्यक्षहरुमा क्रमशः तिल बिक्रम लावती, युबराज गुरुङ, राम बहादुर बुरा मगर, पेपराज कुरुम्बाङ, नवराज काम्बाङ, जोगेन्द्र सिङ फेयङ, शान्ति लिम्बु, तारा यक्सो, नबाङडी लामा, रेशम तामाङ, तेज मगर, नारायण गुरुङ रहेका छन् । त्यसैगरी महासचिवको जिम्मेवारी सुरेन्द्र थेबेले पाएका छन् भने सह–महासचिवमा ज्ञानु लिम्बु, उपमहासचिव राम बहादुर लावती बनेका छन् ।

यसैगरी सचिवहरुमा क्रमशः शिव कुमार सेन्दाङ, कुल गुरुङ, मनिता लिम्बु, चन्द्रा तावा, तारा नेम्बाङ ‘खेसे’, दिपक पुलामी मगर रहेका छन् भने अर्थसचिवमा भिम नियोङ, सह–अर्थसचिवमा अनिल गुरुङ र सहसचिवमा प्रविन तुम्बापो चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरु खगेन्द्र गौचन, प्रेम थकाली, बिकास बेघा, प्रेम गुरुङ, सम्भु थापा क्षेत्री, पदम गुरुङ, उपेन्द्र राई, मंगल लिम्बु, निमा शेर्पा, तेज योङ्हाङ, कुमारी लिम्बु, डिल्ली लिम्बु, फनेन्द्र माया लिम्बु, सासा लिम्बु, मान प्रसाद लिम्बु, सबिना लिम्बु, इमा लावती, जुनु लावती, बुद्धीमाया लिम्बु, प्रसाद नियोङ, मधु मादेन, नरेन्द्र गुरुङ, समिर गुरुङ, विशाल गुरुङ, काजिमान शेर्पा, शान्ता शेर्पा, राम प्रसाद विश्वकर्मा, अन्जना यक्सो, युवराज हुक्पा चोङबाङ, रवि हुक्पा चोङबाङ, राजु हुक्पा चोङबाङ, विस्व हुक्पा चोङबाङ, टेक दर्लामी मगर, लाल हुक्पा चोङबाङ, चन्द्र कुमारी तावा लिम्बु, ललित लुम्फुवा, गजेन्द्र लावती, खड्क कुमारी पयाङगु, किशोर मादेन, उमेश सेनेहाङ, चन्द्र बहादुर यक्सो, रोमियो पन्धाक, जैसान पन्धाक, विनोद खापुङ, खुशीमान राना, चन्द्र कुमार लुम्फुङवा, योगेन्द्र हुक्पा चोङबाङ, रमेश राई, गणेश गुरुङ र प्रेम गुरुङ चयन भएका छन् ।

उक्त विस्तारतिर बैठकमा ७ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । उक्त समितिमा जिताहाङ यक्सो, याम बहादुर लिम्बु, होम देवान, हर्क बहादुर यक्सो, लोक बहादुर थोप्रा, देवी विश्वकर्मा र बेनु कुमार आसामी रहेको बताइएको छ । कार्यक्रमको सहजीकरण उपाध्यक्ष काम्बाङले गरेका थिए । (तस्वीरः नवराज काम्बाङ)

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;