फालेलुङ भृकुटी आभारभूत विद्यालयका दुई विद्यार्थीलाई १ लाख पुरस्कार प्रदान

 लिम्बुवान न्युज
                       

पाँचथर, २७ माघ । अमेरिकामा कार्यरत याक्थुङ युवाद्वारा फालेलुङ गाउँपालिकाका दुई विद्यार्थीलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयको कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ र सरेष्मा केरूङ दुवैलाई बुधबार एक कार्यक्रमका बीच जनही ५० हजार रुपैयाँका दरले नगद प्रदान गरिएको छ ।

विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग तथा हौसला प्रदान गर्न साथै ‘विशेषगरी छोरीलाई शिक्षित बनाउन जरुरी छ’ भन्ने उदेश्य सहित हाल अमेरिका बस्दै आएका याक्थुङ युवाहरूको पहमा उक्त रकम संकलन गरि सहयोग गरिएको जनाइएको छ ।

विद्यालयले राखेको तथ्यांक र मुल्यांकनको आधारमा जेहेन्दार छात्रालाई छात्रवृत्ति स्वरुप विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर केरूङको अध्यक्षतामा सामाजिक अभियान्ता तथा अमेरिकमा बस्दै आएका याक्थुङ युवा कवि बिबश बेनामको प्रमुख आतिथ्यतामा दुई छात्रालाई नगदसहित अन्य एक सय १६ जना विद्यार्थीहरुलाई करीब ६० हजार बराबरको न्यानो कपडा(स्वेटर) पनि वितरण गरिएको थियो ।

उनले भने, –‘अमेरिकबाट नेपालमा छुट्टी आएको बेलामा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरौं र आगामी दिनमा पनि सहयोग गर्ने इच्छासंगै हाल यो कार्य गरेका छौँ ।’

व्यक्तिगत फाइदाको लागि मात्रै बिदेश जानु भन्दा केहि काम समाजको निम्ति पनि गरौं भन्ने उनको आग्रहलाई साथ दिंदै हाल अमेरिकमा रहेका बुद्ध चेम्जोङ, ललित सम्वाहाम्फे, अग्नि योङ्या, राकेश आङदेम्बे, मेन्याङ्बो प्रेम, टंक शेलिङ, सुमन थाम्सुहाङ लिम्बू मिराक, पिके लिम्बुले मद्दत गरेका छन् साथै आर्थिक सहयोग गर्नेहरुमा बिबस माङ्मु, बिरेन्द्र लाबुङ लिम्बु भुमी, हिक्मत् आङ्बुहाङ्, बिष्णु चोङ्बाङ, बिमल चेम्जोङ्, हरि जबेगु, मनि लिबाङ्, गजेन् चेम्जोङ्, दिपक थेवे, आनंद मादेन, निरु थेवे, पूर्ण थेवे, जीवन खजुम, राज लिम्बु, कभिन थेवे, बन्धना तुम्बाहाम्फे लगायतका युवाहरु रहेको उनले जानकारी दिए ।

उक्त कार्यक्रममा भृकुटी र सिदेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापकद्वय शर्ण कुमार केरूङ र नरेन्द्र केरुङ, स्थानीय शिक्षक राजेन्द्र केरुङ लगायतले नेपाल बाहिर बसेर पनि दुर्गम क्षेत्रका विद्यार्थीलाई साथ सहयोग गरेकोमा याक्थुङ युवाहरुको उदाहरणीय कार्यको प्रशंसा सहित धन्यवाद दिएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...