कियाचू इलामको अध्यक्षमा बुद्धमाया सोङमी निर्वाचित, सचिवमा संचारकर्मी राम योङहाङ

,   लिम्बुवान न्युज
                       

इलाम, २८ माघ । किरात याक्थुङ चुम्लुङ इलामको आठौं अधिवेशनबाट अध्यक्षमा बुद्धमाया सोङमी नर्वाचित भएकी छन् ।

बिहीबार इलाम सदरमुकाममा सम्पन्न चुम्लुङको जिल्ला अधिवेशनबाट सोङमी अध्यक्षमा निर्वचित भएका हुन् ।

अध्यक्षमा सोङमी निर्वाचित भएसँगै चुम्लुङ इलामले लगातार दोश्रो पटकका लागि महिला नेतृत्व पाएको छ । यसअघिको कार्यकाल समेत गायत्री थेगिमले नेतृत्व गरेकी थिइन् ।

अधिवेशनले सोङमीको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा पदम ताम्लिङ, सचिवमा संचारकर्मी राम योङहाङ, सहसचिवमा याम माबोहाङ र कोषाध्यक्षमा जुनु लिम्बू निर्वाचित भएका छन् ।

सदस्यहरुमा अतित योङहाङ, निर्मला चेम्जोङ, संगीता थलङ, राजकुमार लिङदेन, अप्सरा नेम्बाङ, पंचबहादुर योङहाङ, शिव थेगिम, रुपेन नेम्बाङ, मानबहादुर लिम्बू, दिपेन्द्र सुब्बा र अमृता येक्तेन निर्वचित भएका छन् ।

त्यस्तै राष्ट्रिय चुम्लुङ सदस्यमा सरस्वती तुम्बाहाम्फे, अमृतबहादुर केरुङ र प्रेम जवेगू निर्वाचित भएका छन् ।

अधिवेशनको बन्द सत्रमा निवर्तमान कोषाध्यक्ष बुद्धमाया सोङमीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र राम योङहाङले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन संसोधनसहित पारित गरेको थियो ।

अधिवेशनमा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिका शाखाबाट ५० बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

निवर्तमान अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, केन्द्रीय सदस्य अभिषेक येक्तेन (चक्र) र विष्णु तुम्बापो, लिम्बुवान प्रदेश सदस्य तीर्थ साउदेन, सल्लाकार बखतबहादुर आङदेम्बेले समसामयिक विषयमा मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;