स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समिति गठन, संघीय मञ्चले पनि आन्दोलन थाल्ने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २९ माघ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरुले मात्र स्थानीय चुनावमा चुनाव चिन्ह पाउने कानुनी व्यवस्था भएको बताएसँगै साना दलहरु संघर्षमा उत्रने तयारीमा जुटेका छन् । शनिबार राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध २४ वटा दलहरूले आन्दोलन घोषणा गरेका छन् ।

विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको विभिन्न दलका नेताहरूको बैठकले यो निर्णय गरेको हो । निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग गर्न नदिनु घोर अन्यायपूर्ण भएको उनीहरुले ठहर गरेको छ ।

उक्त बैठकले स्थानीय तह निर्वाचनमा सबै दलहरूले समान रूपमा आफ्नो चुनाव चिन्ह प्रयोग गर्न पाउनुपर्ने विषयमा दबावमूलक कार्यक्रम गर्न ‘चुनाव चिन्ह संघर्ष समिति गठन’ गरिएको बताएका छन् ।

बैठकमा आमूल परिवर्तन मसिहा पार्टी, एकीकृत शक्ति नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सुशासन पार्टी, नेपाली काँग्रेस (वी. पी.) सहभागी थिए ।

त्यस्तै, नेपाली जनता दल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल, सर्वदलीय सङ्घीय परिषद्, सामाजिक लोकतान्त्रिक पार्टी र सामाजिक लोकतान्त्रिक पार्टी पनि शुक्रबारको बैठकमा सहभागी थिए ।

संघीय मञ्च आन्दोलनमा जाने

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा चुनाव चिन्ह प्रयाेग गर्न नदिए संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि आन्दोलन गर्ने जनाएको छ । मञ्चका महासचिव अशोक चेम्जोङका अनुसार मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनी संविधान समेत पारित भइसकेको अवस्थामा लोकतान्त्रिक मूल्य र मान्यताको बर्खिलाप गरी एकात्मकवादी षडयन्त्रपूर्ण चुनाव गरिए त्यसको विरोध गर्ने र चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

निर्वाचन आयोगमा दल दर्ता गर्न लगाउने अनि ठूला भनाउँदा संघीयता विरोधी दललाई मात्र चुनाव चिन्ह दिनु न्यायसंगत नभएको उनको तर्क रहेको छ । संघीय मञ्च प्रदेश नं. १ को राष्ट्रिय पार्टी हो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...