
लेटाङ, २९ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्लाको क्षेत्र नं. १ को ख मा प्रदेश निर्वाचन क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष तथा प्रदेश समन्वय समितिका संयोजक ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले भवानी माखिमलाई संयोजकमा चयन गरेको छ ।

मोरङको लेटाङमा आयोजित कार्यक्रमले सहसंयाेजकमा गंगा पारघरीलाइ चयन गरेकाे छ भने सदस्यहरुमा नेत्र न्यौपाने, सोम सम्बाहाम्फे, लालध्वज लिम्बु, शेहरसिं लिम्बु, चन्द्र लिङदेन, प्रकाश नेपाली, श्याम सुहाङ लिम्बु, वदेन लिम्बु, गणेश लावती, शान्तिराम लिम्बु र सेमीहाङ लिम्बु रहेका छन् ।
कार्यक्रम संयोजक तथा संघीय सह–सचिव चौकीदार तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रान्तीय सचिव दिलु लिङदेन, सचिवालय सदस्यहरु अर्जुनसिं लिङदेन, गणेश मिभक, जिल्ला अध्यक्ष जीवन खेवा, एलभी उपकमाण्डर राजु लिम्बु, सचिव मिक्सन लिम्बु, अर्थसचिव जीत बहादुर लावती, जिल्ला सचिवालय सदस्यहरु वलिहाङ सिम्बु, देउमान लिम्बु, लिला बहादुर लिम्बु, राम कुमार राई, दलित मुक्तिमञ्चका सदस्य कुमार शंकर लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मिक्लाजुङ, बेलबारी, लेटाङ र केराबारी गाउँपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मोरङ जिल्ला सचिव बरुण लाबुङले गरेका थिए ।