फालेलुङमा लिम्बुवानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

पाँचथर, २९ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल फालेलुङ ७ वडा कार्य समितिको आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार मञ्चका संघीय सह–सचिव तथा पान्थर क्षेत्र का संयोजक सागर केरुङको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा कृयाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको छ ।

फालेलुङस्थित सिदेनमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका हुन । कार्यक्रममा जिल्ला सचिव सुबास केरुङ ’नुनाम’, फालेलुङ गाउँपालिका अध्यक्ष कुमार केरुङ, उपाध्यक्षद्वय पुर्ण चोङ्बङ, धनबहादुर केरुङ, सचिव कुमार यवा ’मौसम’, सघीय युवा मञ्च जिल्ला उपाध्यक्ष गगन जबेगु ’खाम्बेक’ लगायत नेताहरुको उपस्थित रहेको थियो ।

कार्यवाहक वडा अध्यक्ष भिम मेन्याङबोको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको संचालन सचिव अमर चोङ्बाङ्ले गरेका थिए ।

पान्थर क्षेत्र ख मा प्रदेश क्षेत्रीय तदर्थ समिति गठन हुने

संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थर क्षेत्र ख मा प्रदेश क्षेत्रीय तदर्थ समिति गठन कार्यक्रम हुने भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव तथा क्षेत्र ख का संयोजक लावाहाङ चेम्जोङ्का अनुसार यहि फाल्गुन ५ गते मिक्लाजुङ ४स्थित रबि बजारमा बृहत भेला गरी तदर्थ समिति गठन हुने जनाएका छन् ।

कार्यक्रममा पान्थरको ख क्षेत्रका सबै स्थानीय पालिकाहरुबाट प्रतिनिधि बोलाइएको उनले बताए । शुक्रबार झापाको दमकमा बसेको त्यस क्षेत्र कार्यदलको बैठकले कार्यक्रमको तय गरेको जिल्ला बरिष्ठ उपाध्यक्ष जितेन्द्र चेम्जोङले लिम्बुवान खबरलाई बताएका छन् । उनले पान्थरका सबै नेताहरु कार्यक्रममा केन्द्रित हुन समेत अनुरोध गर्दै उनले भने सो कार्यक्रममा प्रशिक्षण समेत दिने बताए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...