दमक, २९ माघ । लिम्बुवानखबर डटकम न्यूज पोर्टलका सम्पादक विष्णु कुमार चोङबाङ ‘सेसेहाङ’ किरात याक्थुङ चुम्लुङ् तेह्रथुम शाखाको अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार तेह्रथुममा आयोजित नवौं जिल्ला अधिवेशनबाट चोङबाङ अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी समितिको उपाध्यक्षमा तुलसी तिगेला, सचिवमा राजकुमार तेयुङ, सह–सचिवमा वलदेव तुम्बाहाम्फे र कोषाध्यक्षमा कल्पना सम्बाहाम्फे निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दिपेन तुम्खेवा, आइतराज केरुङ, राजकुमारी लिम्बु, झमक बहादुर खापुङ, लोक बहादुर लिम्बु, अरुणा सिंगक, छत्रबहादुर पंठाक र कुमार कन्दङ्वा निर्वाचित भएका छन् ।
साथै अधिवेशनले राष्ट्रिय चुम्लुङ परिषद सदस्यहरुमा सुविन्द्र कुमार लिम्बु, प्रेम बहादुर हाङस्रोङ र गंगा पोमुलाई चयन गरेको छ ।
Related