लिम्बुवान मञ्चको याङवरक ५ अध्यक्षमा चित्र बहादुर मावो सर्वसम्मत

 लिम्बुवान न्युज
                       

पान्थर, १ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक ५ को दोश्रो वडा अधिबेशन सम्पन्न भएको छ । शनिबार याङ्वरकस्थित थर्पु बजारमा सम्पन्न भेलाले चित्र बहादुर माबोलाई अध्यक्षमा सर्वसहमत निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनले उपाध्यक्षमा रणकुमार माबो, सचिव कबिराज लक्सम ‘लक्कि’, सहसचिव धिरेन लक्सम, अर्थसचिवमा सर्मिला लक्समलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा, सन्तोश काम्बाङ्ग, सर्ण कुमार काम्बाङ्ग, जनम काम्बाङ्ग, जगत काम्बाङ्ग, अफिम माबो, असोक लक्सम, पवन लक्सम, अमर सिगु, बिकास सिगु, कुसल लक्सम,भविन लक्सम्, दिपलस सिगु, रिजन लिङ्देन, नन्द कुमार माबो निर्वाचित गरेको छ ।

यसैगरी उक्त कार्यक्रममा इन्चा लक्समको अध्यक्षतामा संघीय लिम्बुवान महिला मञ्च समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा शान्ती लक्सम बेघा, सचिब शर्मिला लक्सम, कोषाध्यक्ष भिम कुमारी काम्बाङ्ग र सदस्यहरु सरिता लिङ्देन, जमुना इम्बुङ, गिता योङ्हाङ, श्री मायाँ सेवा, चन्द्र मायाँ योङ्हाङ्ग, शिव माया सेवा रहेका छन ।

कार्यक्रम संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालका प्रान्तीय सचिव सुनिता केरुङ, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, सचिव योगेस योङ्या, सदस्यद्वय कर्णबहादुर काम्बाङ, नरबहादुर सिगु, याङ्वरक गाउँपालिका उपाध्यक्षद्वय दिलकुमार लक्सम, पोलस्टार तावा, सचिव हेमराज योङ्हाङ, सुनिता माबो लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...