जसपाका शीर्ष पाँच नेताबीच छलफल

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १ फाल्गुन । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष पाँच नेताहरू छलफलमा जुटेका छन् ।

आइतबार काठमाडौं लाजिम्पाटमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छलफलमा जुटेको जसपा स्रोतले जानकारी दिएको छ ।

यसअघि बिहीबार जसपाका तीन शीर्ष नेता डा. भट्टराई, यादव र राईबीच संवाद भएको थियो । जसपामा संघीय परिषद अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच केही समयबीच संवादहीनताको अवस्था सिर्जना भएको थियो ।

‘पार्टी विभाजन तर्फ उन्मुख भइरहेको खबर बाहिर आइरहेको बेला बसेको यो बैठक अर्थपूर्ण रहेको स्रोतले बताएको छ । एक कार्यकारणी नेताका अनुसार पाँच शीर्ष नेताहरु विवाद समाधानका लागि छलफलमा जुटेका हुन् भने लामो समयदेखि शीर्ष नेताहरु संवादहिनताको अवस्थामा रहेको हुँदा त्यो अन्त्य हुने ति नेताले बताएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...