लिम्बुवान मञ्चको मोरङ क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       

मोरङ्, ३ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्ला क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा संगठन विस्तार भएको छ । मंगलबार आयोजित कार्यक्रममा लोक बहादुर लिवाङको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो ।

मञ्चका प्रान्तीय महासचिव भानु भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिवाङको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ । समितिको सह–संयोजकमा महेश सहनी, सचिवमा थुम बहादुर भण्डारी, सहसचिवमा शरद चन्द्र इङनाम, अर्थसचिवमा शुनिता मंडी रहेका छन् ।

यसैगरी सदस्यहरुमा सरोज धामी, प्रदीप वैठा, दिल प्र.माबो, शिवनारायण विस्वास, टिका हाङमा, गणेश वि.क, प्रेम राई, भिम नेयोङ, महेश सहानि, विजय धिमाल, किशुन ऋषिदेव, रमानन्द ऋषिदेव, खैरु ऋषिदेव, जगदीश ऋषिदेव र वीर बा.लिम्बू रहेका छन् ।

कार्यक्रम लिम्बुवान प्रान्तीय सचिव तथा निर्वाचन क्षेत्र ख का संयोजक रामचन्द्र मगरको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा प्रान्तीय सचिव दिलु लिङदेन लावती, दलित मुक्ति मञ्चका उपाध्यक्ष बलराम सदा, पहिचान समिति सदस्य गोपाल पौडेल, मोरङ जिल्ला अध्यक्ष जीवन खेवा, सचिव बरुण लाबुङ्, सचिवावय सदस्य बल बहादुर पङयाङगु, रतुवामाई अध्यक्ष लेख बहादुर थक्लुङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण लिम्बुवान भोलेन्टियर्सका उपकमाण्डर राजु लिम्बुले गरेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...