दमक १ मा व्याडमिन्टन प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

दमक, ३ फागुन । झापाको दमक १ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । कभर्ड हलको उद्घाटनका अवसर ‘डम्बरसिंह, पध्माश्वरी, पूर्णिमा तिलुङ्छा चाम्लिङ राई स्मृति व्याडमिन्टन प्रतियोगिता’ हुने भएको हो ।

यहि फागुन ६ र ७ गते आफ्नाे नवनिर्मीत कभर्ड हलमा हुने सो पूर्वाञ्चलस्तरिय वी डिभीजनस्तरिय प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २१ हजार,दोश्रोलाई ११ हजार र तेश्रोलाई नगद ७ हजार,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक धनकुमार राईले बताएका छन् । स्वस्थ्यका लागि व्याडमिन्टन खेललाई विकास गर्ने उद्देश्यले स्थानीय राई परिवारले उक्त सुविधासम्पन्न कभर्ड हल निर्माण गरिएको कभर्ड हल समितिका अध्यक्ष रनबहादुर राईले बताए ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...