फोनिज महाधिवेशन चैत ६ र ७ सौराहमा हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशन १ महिना पर सरेको छ । अब फोनिज महाधिवेशन आगामी चैत ६ र ७ गते चितवनको सौराहमा नै हुने भएको छ ।

यहि फागुन ७ र ८ गते महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएपनि कोरोना महामारीका कारण महाधिवेशन सार्नुपरेको फोनिज संघीय समितिले जनाएको छ । २ गते बसेको संघीय सचिवालयले निर्णय गरेको संघीय सचिव कमन देवानले बताएका छन् ।

कोरोनाकै कारण फोनिजले सातौं संघीय महाधिवेशन दोस्रो पटक सरेको हो । यसअघि माघ ७ र ८ गते गर्ने भनिएको महाधिवेशन फागुन ७ र ८ मा सारेको थियो ।
बैठकले प्रादेशिक महाधिवेशन सम्पन्न गर्न बाँकी प्रदेशहरुलाई २०७८ फागुन २० गते भित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन गरिएको महासचिव मनोज घर्तीमगरले जानकारी दिएका छन् ।

बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न बाँकी रहेका सबै जिल्लाहरुलाई प्रादेशिक महाधिवेशन भन्दा ढिलोमा १० दिन अगाडि नै अधिवेशन सम्पन्न गर्न ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...