पान्थर निर्वाचन ख को क्षेत्रीय तदर्थ समिति संयोजकमा लोकमान सेर्माले पाए जिम्मेवारी

 लिम्बुवान न्युज
                       

पाँचथर, ५ फागुन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थर निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय भेला बिहिवार सम्पन्न भएको छ । बिहीबार मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा मिक्लाजुङस्थित रबि बजारमा सम्पन्न भेलाले लोकमान सेर्माको संयोजकत्वमा ३७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

उक्त समितिको सदस्य सचिवमा भक्त नेम्बाङ्लाई जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरुमा जितेन चेम्जोङ, नरेन्द्र नेम्बाङ्, भबिराज नेम्बाङ, कुमार नेम्बाङ, नरेन्द्र नेम्बाम्ग द्य, मणिराज नेम्बाङ, दिलिप आङ्देम्बे, कुमार आङ्देम्बे, इन्द्रध्वज सम्बाहाम्फे, डिबि नाल्बो, प्रेमराज सम्बाहाम्फे, खगेन्द्र सम्बाहाम्फे, गोपाल फियाक, पुर्ण तुम्बापो, प्रकाश तुम्बापो, तेजेन्द्र लावती, धनकुमार लावती, दुर्गाहाङ लावती, बमप्रसाद लावती, सुरेश फियाक, भानु फियाक, चन्द्रबहादुर माखिम, सुसिला मादेन राई, पुर्णिमा राई, इन्द्र आङ्देम्बे, बिष्णु थेगिम, योगेन्द्र राई, नरकुमार योङ्हाङ, कमल लावती, रुद्र लावती, इन्द्र सेर्मा र सञ्च सेर्मा रहेका छन् ।

उक्त समितिले आगामी २०७८ साल फागुन २६ गते फाल्गुनन्दस्थित पञ्चमी बजारमा खुल्लासभा गर्दै अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

तदर्थ समिति गठन कार्यक्रमको सभाध्यक्षता प्रान्तीय उपमहासचिव तथा प्रदेश तदर्थ समिति गठन कार्यदलका संयोजक लावाहाङ चेम्जोङ्ले गरेका थिए भने कार्यक्रम संचालन जिल्ला अर्थ सचिव प्रकाश अधिकारीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष जितेन चेम्जोङले राखेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा संघीय सह–सचिव सागर केरुङ् रहेका थिए । त्यसैगरी अतिथिहरुमा प्रान्तीय उपमहासचिव तथा कार्यदल सहसंयोजक प्रेमपुत्र लावती, प्रान्तीय सचिवहरु सुनिता केरुङ, दिलु लिङदेन, सचिवालय सदस्यहरु एसबि थेगिम, नारायण लावती, टंक माङलाक, दलप्रसाद लावती, प्रान्तीय सदस्य हेमदल सेर्मा (लाजेसा), जिल्ला अध्यक्ष चन्द्रराज आङदेम्बे, जिल्ला उपाध्यक्षहरु भानु फियाक, योगेन्द्र राई, भिम नेम्बाङ लगायत नेताहरु रहेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...