पान्थर निर्वाचन ख को क्षेत्रीय तदर्थ समिति संयोजकमा लोकमान सेर्माले पाए जिम्मेवारी

,   लिम्बुवान न्युज
                       

पाँचथर, ५ फागुन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थर निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय भेला बिहिवार सम्पन्न भएको छ । बिहीबार मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा मिक्लाजुङस्थित रबि बजारमा सम्पन्न भेलाले लोकमान सेर्माको संयोजकत्वमा ३७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

उक्त समितिको सदस्य सचिवमा भक्त नेम्बाङ्लाई जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरुमा जितेन चेम्जोङ, नरेन्द्र नेम्बाङ्, भबिराज नेम्बाङ, कुमार नेम्बाङ, नरेन्द्र नेम्बाम्ग द्य, मणिराज नेम्बाङ, दिलिप आङ्देम्बे, कुमार आङ्देम्बे, इन्द्रध्वज सम्बाहाम्फे, डिबि नाल्बो, प्रेमराज सम्बाहाम्फे, खगेन्द्र सम्बाहाम्फे, गोपाल फियाक, पुर्ण तुम्बापो, प्रकाश तुम्बापो, तेजेन्द्र लावती, धनकुमार लावती, दुर्गाहाङ लावती, बमप्रसाद लावती, सुरेश फियाक, भानु फियाक, चन्द्रबहादुर माखिम, सुसिला मादेन राई, पुर्णिमा राई, इन्द्र आङ्देम्बे, बिष्णु थेगिम, योगेन्द्र राई, नरकुमार योङ्हाङ, कमल लावती, रुद्र लावती, इन्द्र सेर्मा र सञ्च सेर्मा रहेका छन् ।

उक्त समितिले आगामी २०७८ साल फागुन २६ गते फाल्गुनन्दस्थित पञ्चमी बजारमा खुल्लासभा गर्दै अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

तदर्थ समिति गठन कार्यक्रमको सभाध्यक्षता प्रान्तीय उपमहासचिव तथा प्रदेश तदर्थ समिति गठन कार्यदलका संयोजक लावाहाङ चेम्जोङ्ले गरेका थिए भने कार्यक्रम संचालन जिल्ला अर्थ सचिव प्रकाश अधिकारीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष जितेन चेम्जोङले राखेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा संघीय सह–सचिव सागर केरुङ् रहेका थिए । त्यसैगरी अतिथिहरुमा प्रान्तीय उपमहासचिव तथा कार्यदल सहसंयोजक प्रेमपुत्र लावती, प्रान्तीय सचिवहरु सुनिता केरुङ, दिलु लिङदेन, सचिवालय सदस्यहरु एसबि थेगिम, नारायण लावती, टंक माङलाक, दलप्रसाद लावती, प्रान्तीय सदस्य हेमदल सेर्मा (लाजेसा), जिल्ला अध्यक्ष चन्द्रराज आङदेम्बे, जिल्ला उपाध्यक्षहरु भानु फियाक, योगेन्द्र राई, भिम नेम्बाङ लगायत नेताहरु रहेका थिए ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;