कियाचू प्रदेश अध्यक्षमा मधुराज केरुङ् निर्वाचित

 लिम्बुवान न्युज
                       

फिदिम, ६ माघ । किरात याक्थुङ चुम्लुङ (कियाचू) प्रदेश नं. १ को दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा मधुराज केरुङ निर्वाचित भएका छन् । पान्थरको फिदिमस्थित चुम्लुङ हिममा भएको बन्दसत्रबाट केरुङ् अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रदेश नं. १ का उद्योग, श्रम तथा रोजगारी मन्त्री प्रताप प्रकाश हाङगामज्यूले समुदघाटन गर्नु भएको अधिवेशनको खुल्ला सत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला समन्वय समितिका अध्यक्ष, फिदिम नगरका मेयर, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी कार्यक्रममा कियाचूका केन्द्रीय पदाधिकारी तथा सल्लाहकारहरुको आतिथ्यता रहेको थियो ।

सर्वसम्मत रुपमा केरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा टंकमाया तिगेला, मुख्यसचिवमा नरेन्द्रराज केरुङ्, सचिवमा इक्साहाङ चेम्जोङ, कोषाध्यक्षमा विन्द्रकुमार नाल्बो निर्वाचित भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा कविन्द्र सेर्मा, मनकुमारी पन्धाक (झापा), इन्दीरा मेयङ, बुद्ध इवा (पान्थर), दिलु लिङदेन, तिर्थ साउदेन (इलाम) निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...