नेपाली कांग्रेसका क्षेत्रिय सदस्य सहित ११ जना लिम्बुवानमा प्रवेश

 लिम्बुवान न्युज
                       

लेटाङ, ७ फागुन । मोरङको लेटाङमा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य काली बहादुर चेम्जोङ् सहित विभिन्न पार्टी परित्याग गरि ११ जना संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालमा प्रवेश गरेका छन् । शनिबार लेटाङस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मञ्चका संघीय बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङले अविर र खदा ओढाई नवप्रवेशीहरूलाइ पार्टीमा प्रवेश गराएका हुन् ।

प्रवेश कार्यक्रमबाट भिम कुमार लिम्बु, गणेश चेम्जोङ, शहरमुखी लावती, वीर बहादुर माखिम, लोकबहादुर खजुम, भिम बहादुर लेक्वा, लोकबहादुर तामाङ, दिपक लिम्बु, मोहन सिं सम्बाहाम्फे र भिम तामाङ्ले विभिन्न पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नु महानुभावहरुलाई उपाध्यक्ष गुरुङले स्वागत सम्मान गर्दै पार्टीको विभिन्न समितिहरुमा उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता लेटाङ नगरअध्यक्ष किशोर राईले गरेका थिए भने संचालन नगर सचिव शेरसिं लिम्बुले गरेका छन् । कार्यक्रममा संघीय सहसचिव चौकीदार तामाङ, संघीय सचिवालय सदस्य ललित बहादुर लिम्बु (फक्ताङलुङ फोबा), मोरङ जिल्ला अध्यक्ष जीवन खेवा त्यसैगरी जिल्ला सदस्यहरु रुपनारायण कुरुम्बाङ, रामकुमार राई त्यसैगरी मोरङ क्षेत्र नं. १ (ख)का संयोजय भवानी माखिमको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...