नेपाली कांग्रेसका क्षेत्रिय सदस्य सहित ११ जना लिम्बुवानमा प्रवेश

 लिम्बुवान न्युज
                       

लेटाङ, ७ फागुन । मोरङको लेटाङमा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य काली बहादुर चेम्जोङ् सहित विभिन्न पार्टी परित्याग गरि ११ जना संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालमा प्रवेश गरेका छन् । शनिबार लेटाङस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मञ्चका संघीय बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङले अविर र खदा ओढाई नवप्रवेशीहरूलाइ पार्टीमा प्रवेश गराएका हुन् ।

प्रवेश कार्यक्रमबाट भिम कुमार लिम्बु, गणेश चेम्जोङ, शहरमुखी लावती, वीर बहादुर माखिम, लोकबहादुर खजुम, भिम बहादुर लेक्वा, लोकबहादुर तामाङ, दिपक लिम्बु, मोहन सिं सम्बाहाम्फे र भिम तामाङ्ले विभिन्न पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नु महानुभावहरुलाई उपाध्यक्ष गुरुङले स्वागत सम्मान गर्दै पार्टीको विभिन्न समितिहरुमा उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता लेटाङ नगरअध्यक्ष किशोर राईले गरेका थिए भने संचालन नगर सचिव शेरसिं लिम्बुले गरेका छन् । कार्यक्रममा संघीय सहसचिव चौकीदार तामाङ, संघीय सचिवालय सदस्य ललित बहादुर लिम्बु (फक्ताङलुङ फोबा), मोरङ जिल्ला अध्यक्ष जीवन खेवा त्यसैगरी जिल्ला सदस्यहरु रुपनारायण कुरुम्बाङ, रामकुमार राई त्यसैगरी मोरङ क्षेत्र नं. १ (ख)का संयोजय भवानी माखिमको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...