सागर केरुङले पाए एफएलएफ २०७८ को उत्कृष्ट निर्देशकको अवार्ड

 लिम्बुवान न्युज
                       

काठमाडौ, ८ फागुन । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । लिम्बू म्युजिक भिडियो ’हुक्फोलो’का लागि केरुङले उत्कृष्ट लिम्बू म्युजिक भिडियो निर्देशक अवार्ड हात परेका हुन् ।

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.ले हरेक बर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्यूजिक भिडियोको संयुक्त एफएलएफ अवार्ड प्रदान गर्दै आएको छ । शनिबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रम मार्फत अवार्ड वितरण गरिएको हो ।

पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा निर्देशक दिपाश्री निरौलालाई एफ. एल. एफ. विशेष सम्मान गरिएको थियो भने यासेलि योङहाङ र विनोद सेरेङलाई जुरी सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...