संघीय मञ्चका युवा नेता मेन्याङबो पितृ शोकमा

 लिम्बुवान न्युज
                       

दमक, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य तथा प्रदेश १ समन्वय समितिका सचिव नन्दुभाई मेन्याङबो पितृ शोकमा परेका छन् । उनका बुबा इन्द्रबहादुर मेन्याङबो (काँचोबारे)को आइतबार साँझ ७ बजे ७५ बर्षको उमेरमा आफ्नो निजि निवासमा असामयिक निधन भएको हो ।

ताप्लेजुङ जिल्लाको थेचम्बु गाविस वडा नं. २ गैरीगाउँमा २००३ साल साउन २२ गते जन्मनु भएका पिता लामो समयदेखि सुगर, प्रेसर र प्यारालाइसिस ग्रसित रहेका थिए । उनको निरन्तर उपचार भईरहेको नेता मेन्याङबोले बताए ।

लामो समय भारतीय सेनामा कार्यरत बुबा अन्यन्तै मिलनसार, सामाजिक तथा जातीय अधिकारको लागि लढन प्रेरित गरिरहनु हुने एक अभिभावक मञ्चले गमाएको लिम्बुवान मञ्चका प्रान्तीय उपाध्यक्ष यलम्बर खम्बूले बताए । वहाँको प्रेरणाले आज जातीय पहिचानको आन्दोलनमा सरिक भएका छौं -उनले भने ।

हाल झापा जिल्लाको मेचीनगर १२ धाइजन (माइलाबारी)मा स्थायी रुपमा बस्दै आउनु भएका पिताको आजै किरात धार्मिक परम्परा अनुसार आरआली जंगलमा अन्त्येष्टी गरिने छोरा तथा मञ्चका नेता मेन्याङबोले बताए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...