मोरङ, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ क्षेत्र नं. ३ (क) मा प्रदेश क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका प्रान्तीय सचिव रामचन्द्र थापामगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले दिनेश राईको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो ।
लिम्बुवान प्रान्तीय सचिव दिलु लिङदेनको अध्यक्षतामा आयोजित कार्यक्रममा अतिथिहरु सल्लाहकार राम हर्क खम्बु, प्रान्तीय सचिवालय सदस्य धन प्रसाद सावाँ, संघीय सदस्य शशी लिम्बू, पहिचान सदस्य डिल्ली जबेगु, मोरङ अध्यक्ष जीवन खेवा लगायत नेताहरुले आ–आफ्ना धारणा राखेका थिए ।
त्यसैगरी कार्यक्रममा मोरङ बरिस्ठ उपाध्यक्ष बिशाल तिरुवा, मोरङ सचिव बरुण लाबुङ, अर्थसचिव जित बहादुर लावती, चेतन माझी, सदस्य देउ कुमार लाम्बु, पथरीशनिञ्चरे नगरअध्यक्ष छत्र कुरुम्भङ र कानेपोखरी पालिका अध्यक्ष सेर बहादुर तुम्सा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
सोमबार गठित तदर्थ समितिको सदस्यहरुमा बलिहाङ सेम्ब, देउकुमार लिम्बु, ध्रुब साम्सोहाङ, शशी लिम्बु, शेरमान याक्सो, प्रविण प्रकाश गुरुङ र कोपिला लिम्बु रहेका छन् ।
Related