लिम्बुवान झापाद्वारा संघ र प्रान्तमा निर्वाचित नेताहरुलाई सम्मान

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा शिवसताक्षी दुधेस्थित सैनिक भवनमा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । सोमबार मञ्चले जिल्लाबाट निर्वाचत संघीय समिति र प्रान्तीय समितिमा निर्वाचित नेताहरुलाई सम्मान गरेको हो ।

अध्यक्ष लिङदेनबाट जिल्लाका नेताहरुलाई निर्वाचित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको आजको कार्यक्रममा जिल्लाका सबै नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग गर्न नदिएको खण्डमा भिषण आन्दोलन चर्काउने चेतावनी दिएका छन् । गएको साल उपनिर्वाचनमा सबै राजनैतिक दललाई चुनावचिन्ह प्रयोग गर्न दिने अनि अहिले दिन्न भन्नुमा ठूलो षडयन्त्र भएको उनले भने । अब फेरि आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना हुँदैछ सबै नेता कार्यकर्ताहरु तयारी अवस्थामा रहन अनुरोध गरेका छन् ।

एमसीसीका कारण छिमेकी देशहरुसँगको सम्बन्धमा कस्तो हुने भनेर सरकारले कुनै लिखित दस्तावेज जनता माझ पेश नगर्नु आफैमा शंकास्पद भएको अध्यक्ष लिङदेनले बताए । जनताहरुलाई सडकमा उतार्ने अनि नेताहरु सांसद भवनमा एमसीसी टेवल गर्ने यो कस्तो अचम्मको खेल हो ? उनले प्रश्न गरेका छन् । एमसीसी बारे जनताहरुलाई प्रष्ट नगरी जालझेल पाराले पारित गरिए देशमा ठूलो रक्तपाद हुने संकेत देखिएको छ । उनले भने । उचित उपाय निकालेर मात्र एमसीसी बारे प्रष्ट हुन सरकारलाई आग्रह गरेका छन् ।

सम्मान कार्यक्रममा लिम्बुवानका बरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष विष्णुमाया थापा भट्टराई, महासचिव दिलकुमार लावती, उपमहासचिव मानबहादुर सावाँ, प्रान्तीय सचिवहरु धनबहादुर पन्धाक, काजीमान ओख्राबो, दलित मुक्तिमञ्चका उपाध्यक्ष बलराम सदा लगायत नेताहरुले शुभकामना राखेका थिए ।

मञ्चका जिल्ला अध्यक्ष नगेन राईको अध्यक्षतमा भएको कार्यक्रमलाई जिल्ला सचिव विकास मगरले सहजीकरण गरेका थिए । कार्यक्रममा उपाध्यक्ष एबी पन्धाक, बरिष्ठ सल्लाकार देउकुमार तुम्बापो, उपमहासचिव पूर्णकला तेयुङ, जिल्लाका प्रान्तीय सचिवहरु राजु राई, भक्त मेन्याङबो, भिम सुनुवार लगायत सचिवालय सदस्य, संघ र प्रान्तीय सदस्यहरु, पहिचान समिति लगायत नेताहरुको बाकुलो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...