धरानको जंगलमा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न पक्राउ

 लिम्बुवान न्युज
                       

सुनसरी, १० फाल्गुन । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान खुलेसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मृतककै श्रीमती बर्ष ३० की अनिता के.सी र बिराटनगर ४ का २९ बर्षीय सरोज भण्डारी रहेका छन् ।

यहि फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो । टुक्रा–टुक्रा अवस्थामा शव फेला परे संगै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान समुह र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।

शव पहिचान गर्ने क्रममा बाझो–१ घर भई हाल बिराटनगर महानगरपालिका–३ मा बसोबास गर्दै आएका ४३ बर्षीय दिनेश सिग्देलको रहेको खुल्न आएको थियो । शवको पहिचान भएसंगै घटनामा संग्लग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा उनीहरु दुई जनालाई प्रहरीले पक्राउ सफल भएको छ ।

बैदेशिक रोजगारीमा गएर फर्केका सिग्देललाई श्रीमतीको योजनामा पौष २२ गते साँझ साँढे ५ बजेको समयमा सिग्देलकै घर कोठामा घाँटी थिची हत्या गरेको खुल्न आएको छ । दुबै जना मिलेर हत्या गरे पश्चात पौष २३ गते ग्लेन्डर मेशीन र खुकुरी समेतको प्रयोग गरी शवलाई टुक्रा टुक्रा पारी टेम्पो रिजर्व गरेर हाल शव फेला परेको स्थानमा लगेर फालेको खुल्न आएको हो ।

यसरी श्रीमतीकै मिलेमतोमा हत्या भएको खुल्न आएसंगै दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आफ्नो फेसबुक पेजबाट जनाएको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;