लिम्बुवान भोलेन्टियर्सद्वारा सुनसरीमा इन्चार्जहरुलाई नियुक्ति पत्र प्रदान

,   लिम्बुवान न्युज
                       

धरान, ११ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको एल.भी. कमाण्डले सुनसरी जिल्लाको क्षेत्रीय इन्चार्जहरुलाई नियुक्ति पत्र प्रदान गरेको छ । लिम्बुवान भोलेन्टियर्सका सहकमाण्डर गणेश मिभकले मंगलबार धरानमा आयोजित कार्यक्रममा कमाण्डरहरुलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।

भोलेन्टियर्सका सहकमाण्डर भुपाल चेम्जोङ, उपकमाण्डरहरु अदत लिम्बु, कैलाश गुरुङ, राजु लिम्बु त्यसैगरी मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमको उपस्थितिमा सुनसरी निर्बाचन क्षेत्र १ र २ मा एलभी सह–इन्चार्ज नियुक्ति गरिएको हो ।

उक्त कार्यक्रममा क्षेत्र १ मा झरेन्द्र देवान र क्षेत्र २ मा बुद्ध राई नियुक्त भएका छन् । त्यसैगरी धरान उपमहानगर हेर्ने गरी सिनियर फिल्ड कमाण्डर सरन लिम्बु त्यसैगरी सहफिल्ड कमाण्डरहरुमा देवेन्द्र चेम्जोङ र असु लिम्बु लगायत १५ सदस्यीय कमाण्ड गठन भएको छ ।

कार्यक्रमको सभाध्यक्षता साजन पङयागुले गरका थिए भने स्वगत मन्तव्य मञ्चका उपमहानगर अध्यक्ष सञ्जुहाङ साँबाले गरेका थिए । यसरी नै कार्यक्रम संचालन राजकुमार वनेमले गरेका थिए ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;