ताप्लेजुङ जिल्ला निर्वाचन क्षेत्र ‘क’ मा लिम्बुवानको तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, १२ फागुन । संघीय लोतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्ला निर्वाचन ‘क’ को क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष इन्दीरा मेन्याङ्बोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले दिपेन्द्र माङमुका संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।

उक्त तदर्थ समितिको सदस्यहरुमा मनोज मेन्याङ्बो, विशाल राई, पूर्ण तमलिङ्, राजेन्द्र काङ्गभा, प्रेमराज लिङ्देन, तेज तुम्याहाङ, भीम लिङखिम र सदस्यसचिवमा पद्य सिंह मावो रहेका छन् ।

कार्यक्रममा मञ्चका प्रदेश समन्वय समिति सचिव भविराज तुम्सा, संघीय सदस्य रमला लिम्बु, जिल्ला अध्यक्ष भुपेन्द्र मावो, उपाध्यक्ष राम लिम्बु, अर्थसचिव केदार ताम्लिङ, जिल्ला सदस्य भिम सेनेहाङ त्यसैगरी पालिका अध्यक्ष मनोज मेन्याङबो, अर्थसचिव भिमराज लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको जिल्ला अध्यक्ष मावोले जनाएका छन् ।

आगामी फागुन २८ गते क्षेत्रीय समितिको अधिवेशन मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा गर्ने निर्णय भएको अध्यक्ष मावोले बताए ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...