ताप्लेजुङ जिल्ला निर्वाचन क्षेत्र ‘क’ मा लिम्बुवानको तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, १२ फागुन । संघीय लोतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्ला निर्वाचन ‘क’ को क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष इन्दीरा मेन्याङ्बोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले दिपेन्द्र माङमुका संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।

उक्त तदर्थ समितिको सदस्यहरुमा मनोज मेन्याङ्बो, विशाल राई, पूर्ण तमलिङ्, राजेन्द्र काङ्गभा, प्रेमराज लिङ्देन, तेज तुम्याहाङ, भीम लिङखिम र सदस्यसचिवमा पद्य सिंह मावो रहेका छन् ।

कार्यक्रममा मञ्चका प्रदेश समन्वय समिति सचिव भविराज तुम्सा, संघीय सदस्य रमला लिम्बु, जिल्ला अध्यक्ष भुपेन्द्र मावो, उपाध्यक्ष राम लिम्बु, अर्थसचिव केदार ताम्लिङ, जिल्ला सदस्य भिम सेनेहाङ त्यसैगरी पालिका अध्यक्ष मनोज मेन्याङबो, अर्थसचिव भिमराज लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको जिल्ला अध्यक्ष मावोले जनाएका छन् ।

आगामी फागुन २८ गते क्षेत्रीय समितिको अधिवेशन मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा गर्ने निर्णय भएको अध्यक्ष मावोले बताए ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...