‘‘एमसीसी काे Yes वा No मा उत्तर नखोजौं बृहत गोलमेच सम्मेलन गरौं’’– कुमार लिङदेन ‘मिराक’

,   लिम्बुवान न्युज
                       

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा लामो स्टाटस लेख्दै एमसीसीको उत्तर yes वा no मा नखोजौं बृहत गोलमेच सम्मेलन गरेर समस्याको समाधान गर्नु पर्ने विकल्प प्रस्तुत गरेका छन् ।

अब एमसीसी पास गरे पनि नगरेपनि देश एउटा ठूलाे खाल्डोमा फसिसकेको बताउँनु हुँदै अध्यक्ष लिङ्देनले छिमेकी देशहरु अब चुप लागेर नबस्ने औल्याउनु भएको छ ।
देश र नेपालीहरूकाे चिन्ता गर्नु हुँदै पहिचान, संघीयता र सह-अस्तित्ववादी नेता अध्यक्ष लिङ्देनले बिहीबार आफ्नो सामाजिक संजालमा एमसीसी बारे आफ्नो धारणा यसरी राख्नु हुन्छः

हामी बोली नै रहेका छौ तर यहाँ कोहि हाम्रो आवज सुन्ने पक्षमा छैन । हामिले २ बर्ष अघि नै एम सि सि को बारेमा सरकारको तर्फबाट श्वेतपत्र जारी गरियोस र यश बारेमा सर्बपक्षिय गोलमेच सम्मेलन आयोजना गरियोस भनेको थियौ। तर हाम्रो आवज कसैले सुनेन ।

तर आज नेपाल यस्तो अवस्थामा पुगिसक्यो – नेपाललाइ एम सि सि पास गर्दा पनि खतरा छ, एम सि सि पास नगर्दा पनि खतरा छ ।

नेपाल यस्तो ट्र्यापमा फसिसकेको छ, त्यहाबाट नेपालले ठूलो क्षती नबेहोरिन्जेल बाहिर निस्कनै सक्दैन । हामी सङ्ग सिमाना जोडिएको चिनले अभुतपुर्ब आर्थिक र सैनिक बिकाश गर्यो । उसले एसियामा खासै लगानी गरेको छैन । तर, अमेरिकाको प्रभुत्व रहेको अरब, अफ्रिका र ल्याटिन अमेरिकामा चीनले यति धेरै लगानी गरेको छ कि त्यसको कुरै नगरौ ।

ताइवान,  indo – pacific जल क्षेत्रमा चीन र अमेरिकाको कतिबेला फायर ओपेन हुने हो कसैलाइ थाहा छैन । अर्कोतिर चीनको रास्ट्रपति सि, रुसको रास्ट्रपति पुटिन, उत्तर कोरियाको रास्ट्रपति किमले आजीवन पद पाइसकेका छन ।

यसले भारत, युरोप र अमेरिका जस्तो ५/५ बर्षमा चुनाब गर्नै पर्ने democratic countries हरुलाइ अत्याएको छ । समग्रमा अमेरिका र चीन बिचमा ५० बर्षे दोस्रो शीत युद्द शुरु भैसकेको छ । यो शीत युद्धको घानमा कति निर्दोश देशहरु पिसिने हुन् त्यो कसैलाइ थाहा छैन ।

चीनको BRI  र अमेरिकाको MCC बिश्वभर फैलिरहेको शीत युद्दको लपेटाहरु हुन । जसरी अमेरिकाले एम सि सि मा सहि गराइरहेको छ त्यसरी नै चीनले पनि बि आर आइ मा सहि गराइरहेको छ ।

कुनै सर सल्लाह बेगर प्रचन्ड जि ले चीनको बि आर इ मा ड्याम्मै सहि गरिदिनु भयो । अहिले बिना सल्लाह देउबा जि एम सि सि मा ड्याम्मै सहि गर्न तम्सदै हुनुहुन्छ । अब एम सि सि पास भयो भने चीनको हवला दिदै यहाका कट्टर राजाबादी, मनुबादी, कट्टर कम्युनिस्टहरुले उत्पात मच्याउने छन् । यद्धपी चीनको तिनिहरुलाइ समर्थन हुने छ छैन त्यो भिन्दै कुरा हो ।

तर जे भये पनि आजको चीन अब नेपालमा खेल्छ खेल्छ, चुप बस्दै बस्दैन । यो १००% सत्य साबित हुनेछ ।

अब एम सि सि पास भयेन भने युरोप, अमेरिका, भारत जस्ता लोकतान्त्रिक देशहरु नेपालको सन्दर्भमा एक दुई तीन चुप बस्दैनन । यहाँ केही न केही उत्पात मच्चिन्छ ।

भर्खरै रुसले युक्रेनलाइ के गर्यो?

आक्रमण नै गर्न पर्छ र!! रुसले युक्रेनको दुई जिल्लालाइ दुई स्वतन्त्र देश भनेर मान्यता दियो । त्यसैले शक्ति रास्ट्रहरु हामी जस्तो मगन्ते देशको बिरुद्धमा सयौ कोणबाट खेल्न सक्छन । यी सबै घटनाक्रमहरु हेर्दा नेपाल खतरनाक खाल्डोमा जाकिसकेको छ । र नेपाललाइ यसरी खाल्डोमा झोस्नेहरु अरु कोहि नभएर काङ्ग्रेस, एमाले र माओबादी पार्टी नै हुन् ।

तर के गर्ने नेपाली जनताहरुले यी तिनै पार्टिहरुलाइ नै पछ्याइरहेका छ्न । जुन तीन पार्टीको कारण नेपाल शीत युद्धको बर्मुडा ड्रेनमा फसिसकेको छ । त्यसैले एम सि सि, बि रा इ yes, no मा होइन ।

बरु नेपालको परराष्ट्र, गृह नीतिको आमूल समीक्षा गर्न गोलमेचको आब्वान गरौ । गृहनीति र पररास्ट्र नीति एक आपसको प्रतिछाया भन्छ्न । पार्टी छ पुजीवादी काङ्ग्रेस अनि उस्को परराष्ट्र नीति कसरी सह-अस्तित्वबाद हुन्छ त !

पार्टी छ कम्युनिस्ट अनि कसरी उस्को परराष्ट्र नीति सह-अस्तित्वबाद हुन्छ त !

काङ्ग्रेस स्वभावैले पुजीवादी अमेरिका र कम्युनिस्टहरु कम्युनिस्ट चीन तिर नजिक हुन्छन जबकी नेपालको परराष्ट्र नीति असम्लग्न/ सह-अस्तित्वबाद छ।

त्यसैले यदि नेपाललाई बचाउने हो भने कम्युनिस्ट, काङ्ग्रेस भन्दा भिन्न सह-अस्तित्वबाद बिचारधारा भएको पार्टी चाहिन्छ भनेको हो ।

त्यसैले एम सि सि, बि रा इ को बारेमा हतारो नगरौ ।

yes / no  मा उत्तर नखोजौ, कम्तिमा यी बिषयहरुले नेपाली जनता ध्रुबिर्कित नहुन ।

यी बिषयहरुमा बृहत् गोलमेच सम्मेलन गरौ । हामिहरु सबैले यश बारेमा कुरा राख्न पाउ । yes / no मा मात्र उत्तर खोज्ने नेपालिको बानिले देश डुब्दैछ ।

कुनै पनि globalized  ideology र mission हरुको पछि नेपाल लाग्ने छैन र त्यसबाट शक्ति रास्ट्रहरुले लगाउने आर्थिक नाकाबन्दिको सामना नेपाली जनताले १०+१ प्रान्त निर्माण गरेर गर्नेछन् भन्ने निचोडमा गोलमेच सम्मेलन मार्फत पुग्नुपर्यो नि !

जय १०+१ प्रान्त ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;