दमक र कमलको महासंघ समन्वय परिषदको कार्यकाल सकियोः अधिवेशन अझै हुन सकेन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १४ फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद दमक नगर र कमल गाउँपालिकाको कार्यकाल सकिएपनि नियमित अधिबेशन हुन सकेको छैन । विधानत तीन बर्षे पदावधिको कार्यकाल सकिएपनि नियमित अधिबेशन गर्न आनाकानी गरिआएको जातीय संस्थाहरुले वताउँदै आएका छन् । जसले गर्दा महासंघ निस्कृय बन्ने अवस्थामा पुगेको छ ।

समयमै अधिबेशन गर्न नसकिएका कारण संस्थाको गतिविधि ठप्प मात्र नभई कामविहीन अवस्थामा पुगेका छन् । महासंघ जातिय संस्थाहरुको छाता संगठन हो । यसको जातिय संस्थाहरुले आलोपालो नेतृत् व गर्ने अभ्यास रहिआएको छ । दमकमा महासंघ गुमानसिंह तामाङ र कमलमा छत्रहाङ फागोको नेतृत्व छ । दुवै नेतृत्वले महासंघलाई विधानत अघि बढाउन खासै चासो नदेखाएको जातिय संस्थाहरुको आरोप छ ।

महासंघ दमक नगर समन्वय परिषदको २०७४ असोज ६ गते सम्पन्न तेश्रो अधिबेशनले तामाङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको थियो । सोहि अधिबेशनमार्फत महासंघसंगै राष्ट्रिय आदिवासी महिला महासंघ दमकको सांगाठानिक हालत उस्तै छ । महासंघको नेतृत्वले कोभिड लगायतका समस्या देखाउदै कार्यकाल लम्व्याउन उद्दत भएको आरोप लाग्दै आएको छ । पछिल्ला समय कोभिडको जोखिम विस्तारै हट्दै गएपनि महासंघलाई अधिबेशनको वातावरण निर्माण गर्न आलटाल गरिआएको राजवंशी विकास समिति दमकका अध्यक्ष भरुवा राजवंशीले बताए ।

महासंघ दमकको कार्यकाल सकिएपनि अधिबेशन गराउन नेतृत्वले चासो नदिएको आरोप लगाउदै उनले अव महासंघले जतिछिटो अधिबेशन गर्ने तर्फ चासो दिनुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, –‘महासंघ दमकको नेतृत्वले संस्थाको नियमित अधिबेशन गराउन समय गुर्जिसकेपनि त्यसतर्फ चासो दिएका छैन् ,यसकै कारण महासंघ निस्कृय अवस्थामा पुगिसकेको छ ’ जातिय संस्थाले दबाब दिन नसक्दा समेत महासंघको नेतृत्व गुपचुप रहेको उनको भनाई छ ।

आदिवासी संग्रहालय निर्माण कार्य अलपत्र

यता महासंघले दमक ८ मा शुरु गरेको आदिवासी संग्रहालय निर्माण कार्य अलपत्र बन्न पुगेको छ । महासंघको त्यहाँ ९ कठ्ठा जमीन छ । माओवादी केन्द्रका नेता गगन पुरीले ३ कठ्ठा, देउप्रसाद लिम्बूले १ कठठा र अन्य आफै खरिद गरि कुल ९ कठठा जमीनमा शुरु गरिएको संग्राहालयको काम लथालिङ बन्न पुगेको हो । तर, महासंघले शुरु गरेको कामले शुरुवात हुनै नपाउदाँ नगरपालिकाले त्यसमा भाजो हाल्ने काम शुरु गरेको पाईएको छ । नगरपालिकाले एकतर्फी रुपमा आदिवासी संग्रहालयलाई बहुजातिय संग्रहालय नामाकरण गरि भाजो हाल्ने काम गरेको आदिवासी जनजातिका अगुवाको तर्क छ ।

महासंघ झापा जिल्ला समन्वय परिषदका पूर्व अध्यक्ष पारषमणि राईले आदिवासी जनजातिको कला, संस्कृतिको संरक्षण गर्न महासंघले संग्रहालय बनाउने लक्ष्य राखेर काम शुरुवात गरिएपनि नगरपालिकाले भाजो गरेर काम प्रभावित बनाएको बताउँछन् । उनले आदिवासी,जनजातिको ऐतिहासिकता, सम्पदाको संरक्षण गर्न स्थानीय सरकारले साथ र सहयोग गर्नु पर्नेमा उल्टै अल्झन थप्ने कार्य ठिक नभएको तर्क गर्छन् । उनले भने,–‘स्थानीय सरकारले आफूखुसी भएका सम्पदा तोडफोड गर्ने कार्य कदापि स्वीकार्य छैन् ’ ।

फाल्गुनन्द सभागृहको नाम परिवर्तन गरी दमक सभागृह राखिएको प्रति जनजाती अगुवाहरुको विरोध

दमक नगरपालिकाले दमक ९ स्थित प्रधान टोलमा निर्माणाधीन फाल्गुनन्द सभागृहको नाम पनि यसअघिनै परिवर्तन गरि दमक सभागृह बनाएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको उपस्थितिमा त्तत्कालीन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशकै सवैभन्दा ठुलो सभागृह बनाउने गरि फाल्गुनन्द सभागृहको नाममा शिलान्यास गरेका थिए । तर शिलान्यास गरि निर्माणको आधाकाम सकिएपछि नगरपालिकाले एकतर्फी रुपमा सभागृहको नाम एकाएक परिवर्तन गरेको थियो ।

सभागृहको नाममा आदिवासी जनजातिहरुबाट विरोध आएपनि नगरपालिकाले त्यसबारे सुन्न समेत चाहेको छैन् । आदिवासी अगुवा समेत रहेका जनता समाजवादी झापाका अध्यक्ष दिपेनवाला राईले स्थानीय सरकारले आदिवासी जनजातिको भावना माथि खेलवाड गर्न उद्दत भएको आरोप लगाउँछन् । भन्छन्,–‘ आदिवासी जनजातिको पहिचान माथि आक्रमण गर्ने कुनै किसिमका कदम हामीलाई स्वीकार्य छैन् ।’

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...