
दमक, १४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले स्थानीय तह निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ता गरेकाे जनाएको छ । शनिबार आयोगमा दल दर्ता गरिएको मञ्चमा संघीय सचिव चन्द्र कन्दङवा लावासले लिम्बुवान खबरलाइ बताएका छन् ।
मञ्चमा आबद्ध लिम्बुवान सहितको १०+१ प्रान्तीय मन्चहरु र प्रवासमा रहेका सबै नेतृत्वहरुलाई आयोगमा दल दर्ता भएको मञ्चले भनेको छ । मञ्च दर्ता भएको जानकारी गराउँदै अध्यक्ष कुमार लिङदेन मिराकले सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई आगामी चुनावमा सक्रिय सहभागिताको लागि अपिल गरेका छन् । उनले सबैलाई २४सैं घण्टा नसुती संगठनलाई जनसमुदायमा पु¥याउने, कृयासिल सदस्यता वितरणलाई तिब्रता दिन निर्देशन दिएका छन् ।
संघीय मञ्चले ६ वटा राष्ट्रिय दलले मात्र चुनाव चिन्ह पाउने भन्ने आयोगको निर्णयको विरोध गरेको छ । उसले भनेको छ २०७६ साल मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा दलको हैसियतले दाप सहितको खुकुरी चुनाव चिन्ह दिएर स्थानीय पालिका र वार्डहरुमा चुनाव लडेको मञ्चलाई आफ्नो चुनाव चिन्ह दाप सहितको खुकुरी नदिएमा यसैलाई आधार मानी कानुनी लडाई लढ्ने बताएको छ । चुनाव चिन्ह नपाएकाे खण्डमा सडक संघर्षमा उत्रदै यो राजनैतिक लडाईलाई अघि बढाउने जिकीर गरेको छ ।
मञ्च हाल प्रदेश नं. १ काे पाँच दलीय गठबन्धन सरकारकाे एक घटक दल पनि हाे ।