स्थानीय चुनावमा सहभागी हुन मञ्चद्वारा आयोगमा दल दर्ता, चुनाव चिन्ह नदिए आन्दोलन गर्ने चेतावनी

,   लिम्बुवान न्युज
                       

दमक, १४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले स्थानीय तह निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ता गरेकाे जनाएको छ । शनिबार आयोगमा दल दर्ता गरिएको मञ्चमा संघीय सचिव चन्द्र कन्दङवा लावासले लिम्बुवान खबरलाइ बताएका छन् ।

मञ्चमा आबद्ध लिम्बुवान सहितको १०+१ प्रान्तीय मन्चहरु र प्रवासमा रहेका सबै नेतृत्वहरुलाई आयोगमा दल दर्ता भएको मञ्चले भनेको छ । मञ्च दर्ता भएको जानकारी गराउँदै अध्यक्ष कुमार लिङदेन मिराकले सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई आगामी चुनावमा सक्रिय सहभागिताको लागि अपिल गरेका छन् । उनले सबैलाई २४सैं घण्टा नसुती संगठनलाई जनसमुदायमा पु¥याउने, कृयासिल सदस्यता वितरणलाई तिब्रता दिन निर्देशन दिएका छन् ।

संघीय मञ्चले ६ वटा राष्ट्रिय दलले मात्र चुनाव चिन्ह पाउने भन्ने आयोगको निर्णयको विरोध गरेको छ । उसले भनेको छ २०७६ साल मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा दलको हैसियतले दाप सहितको खुकुरी चुनाव चिन्ह दिएर स्थानीय पालिका र वार्डहरुमा चुनाव लडेको मञ्चलाई आफ्नो चुनाव चिन्ह दाप सहितको खुकुरी नदिएमा यसैलाई आधार मानी कानुनी लडाई लढ्ने बताएको छ । चुनाव चिन्ह नपाएकाे खण्डमा सडक संघर्षमा उत्रदै यो राजनैतिक लडाईलाई अघि बढाउने जिकीर गरेको छ ।

मञ्च हाल प्रदेश नं. १ काे पाँच दलीय गठबन्धन सरकारकाे एक घटक दल पनि हाे ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;