भूमिहीन परिवारलाई जग्गा धनीपुर्जा प्रमाणपत्र वितरण

 लिम्बुवान न्युज
                       

दमक, १९ माघ / दमक नगरपालिकाले राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा दमक १० का २७ भूमिहीन परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरेको छ । वडा कार्यालयमा आज संक्षिप्त कार्यक्रमका गरि नगरपालिकाले सामूहिक रुपमा जग्गाधनी पुर्जा वितरण गरेको हो ।

आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यतामा भूमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण गरिएको वडाअध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

जग्गा धनी पुर्जा आयोगका केन्द्रीय अध्यक्ष निरौला,दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई,आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डे लगायतले वितरण गरेका थिए ।

वडाअध्यक्ष भण्डारीका अनुसार वितरण गरिएका जग्गा धनी पुर्जा पाउनेहरुमा २ दलित सुकुम्बासी, भूमिहीन १० र अव्यवस्थित बसोबासीका रुपमा १५ परिवार रहेका छन् । आयोगले यसपटक वडाका ३५ परिवारलाई जग्गा धनी पुर्जा वितरणको तयारी गरेको थियो ।

सो अवसरमा जग्गा धनी पुर्जा वितरण कार्यक्रममा बोल्दै वक्ताहरुले सवै नागरिकलाई जग्गाको मालिक बनाउनु पर्ने औल्याएका थिए ।

दमकका १० वटा वडा मध्ये दमक ३ बाहेक अन्य वडामा भने जग्गा धनी पुर्जा वितरणका लागि जग्गाको निस्सा प्रमाणपत्र वितरण गरिसकेको छ । दमकमा जग्गाधनी प्रमाणपत्रका लागि करिव ८ हजार भूमिहीन,दलित भूमिहीन ,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले निवेदन दिएको नगरपालिकाले जनाएको छ ।

१४६ परिवारलाई धनी पुर्जा

यसैवीच राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका १४६ भूमिहीन परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको छ ।

आयोगले हालसम्म गौरादहका ५०, कन्काईका २७, बुद्धशान्तिका ४२ र दमकमा २७ परिवारलाई नियमानुसार जग्गा धनी पुर्जा वितरण गरिसकिएको अध्यक्ष पाण्डेले बताए ।

आयोग गठनपछि विभिन्न आयोगले दिएको जग्गाका नक्सा, पुर्जा लगायतका भूमि सम्बन्धी ६ सय बढी परिवारलाई सेवा समेत पाएको उनको भनाई छ ।

आयोगले जिल्लाका १५ वटै स्थानीय तहसंग भूमि समस्या हल गर्नका लागि काम गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...