विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       


धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे समेत सहभागीता रहेकाे थियाे ।
सुनसरी, मोरङ, झापा, धनकुटा लगायतबाट हजारौंको संख्यामा ऐतिहासिक दरबार परिसर सरसफाई गरिएको सरसफाई आयोजकका एक सदस्यले लिम्बुवान खबरलाई बताए ।
धरान खानेपानी आयोजनाले पानी ट्यांकी निर्माण गर्ने भनी विजयपुर अतिक्रमण भएपछि यस क्षेत्रलाई संरक्षण गर्नुपर्ने भनी याक्थुङ समुदाय दसकौंदेखि आन्दोलित छन् । किरात याक्थुङ चुम्लुङ, विभिन्न सामाजिक संघसंस्था, पहिचान पक्षधर राजनैतिक पार्टीहरु, स्वतन्त्र नागरिक समाज, बुद्धिजिवी लगायतले लिम्बुवानको राजधानी विजयपुर एक ऐतिहासिक पुरातात्विक क्षेत्र भएको हुँदा यसको संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।


याक्थुङ समुदायले ऐतिहासिक विजयपुर दरबार लिम्बुवानको राजधानी भएको हुँदा ऐतिहासिक र पुरातात्विक भएको हुँदा राज्यले यसलाई संरक्षण गर्नुपर्नेमा संरक्षण समितिले जनाएको छ ।
विजयपुर दरबार परिसरको मूल क्षेत्रमा सांस्कृतिक अतिक्रमण तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोजक संरक्षण समितिले सम्मानित सर्वोच्च अदालतको निर्णयहरुको अक्षरस पालना गर्न समेत सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । त्यसैगरी परिसरमा निर्माण भएको सांस्कृतिक संरचना नहटेसम्म परिसरकै क्षेत्रमा पर्ने सुलिकोट मुनिको चिल्लो डाँडा÷चिण्डे डाँडामा बन्न लागेको सुम्निामा पारुहाङ परियोजनालाई स्थगन गर्नसमेत आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;