केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

,   लिम्बुवान न्युज
                       

  • बसन्तराज सुब्बा
कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ ।
किरात याक्थुङ् चुम्लुङ वडा कार्य समिति कमल-३, झापा र याक्थुङ् युवा मञ्च कमल गाउँ कार्य समितिको संयुक्त संयोजनमा स्थापना गरिएको सिरिजङ्गा शालिक अनावरण प्रमुख अतिथि तुत्तु अमित थेवेको हस्तबाहुलीद्वारा अनावरण गरिएको हो ।
शालिक स्थापनास्थल जग्गादाता कमल गाउँपालिका वडा नं. ३ केर्खा बजार निवासी स्व. वेदराज लिम्बूकी धर्मपत्नी श्री जुनु लिम्बूले प्रदान गर्नुभएको स्थानमा सो शालिक स्थापना गरि शनिवार भव्य कार्यक्रमको अायोजना गरि अनावरण गरिएको हो ।
इ.सं. १७०४ मा लिम्बुवानको याङवरकथुम तेल्लाेकमा जन्मनु भई छिमेकी मुलुक भारतको सिक्किम प्रान्तको मार्ताममा इ.सं. १७०४१ मा तिर हानी मारिएका त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शालिक स्थापना गर्नको लागि जग्गा दान गर्नुहुने दाता श्री जुनु लिम्बूलाई दोसल्ला अोडाएर सम्मान पत्र सहित प्रमुख अतिथि थेवेले सम्मान गर्नुभयो ।
राष्ट्रिय विभूति त्येअङ्सी सिरजङ्गा सिंथेवेले याक्थुङ समाजमा पुर्याउनु भएको योगदान, भाषा, लिपि, साहित्य, संस्कृतिको पुनर्उत्थानको वारे विस्तृत रुपमा प्रष्ट्याउनुहुँदै प्रमुख अतिथि थेवेले त्येअङ्सि सिरिजङ्गाको जीवन चर्चा गर्नुभयो । वहाँले जल्दोबल्दो रुपमा उठिरहेको विजपुर दरवारको संरक्षण अान्दोलन र मुक्कुम्लुङ् अान्दोलन जबजम्म मुक्कुमलुङमा केवलकार खारेज हुँदैन, बिजयपुर अतिक्रमण बन्द हुँदैन तबसम्म अान्दोलन नरोकिने कुरामा जोड दिनुहुँदै याक्थुङ्/लिम्बूहरु अहिलेको अवस्थामा चारतिर फर्केर बसेपनि त्येअङ्सि सिरिजङ्गा सिंथेवेले संरक्षण गरिल्याएको भाषा, लिपि, साहित्य, संस्कृति र मुन्धुमले मात्र एकता गराउँछ भन्ने कुरामा जोड दिनुभयो ।
विशिष्ट अतिथि किरात याक्थुङ चुम्लुङ सङघीय सदस्य धर्म लक्सम्बाले याक्थुङ/लिम्बू कुलमा जन्मेर भाषा, लिपि, साहित्य, संस्कारको पुनर्जागरण गरेको कारणले शत्रु सम्झेर मारिएका हाम्रा सहिद सिरिजङ्गा अमूल्य निधि हुन्, उनी अमर हुन्, अजर हुन्, वहाँको शाश्वत जीवन अर्थात नश्वल शरीर हामीमाझ नरहेपनि वहाँले गरिराख्नुभएको अमूल्य देनले नै सिंगो याक्थुङ/लिम्बू समाजको अस्तित्व र पहिचान जीवन्त भएको अवस्थालाई सदासर्वदा सम्झिरहने महान कार्यको अभियानमा यहाँ स्थापित सिरिजङ्गा शालिकले एक इटा मात्र होइन ऐतिहासिक महल थपेको छ भन्ने कुरा राख्नुहुँदै सिरिजङ्गाको साँचो सम्मान तवमात्र हुन्छ जब हामीले वहाँको परिकल्पनालाई व्यवहारमा उतार्न सक्छौं, भन्नु भयाे ।
किरात याक्थुङ चुम्लुङ वडा कार्य समिति कमल-३ झापाका अध्यक्ष हिमाल लेछर्वोको सभापतित्वमा सम्पन शालिक अनावरण समारोहमा किरात याक्थुङ् चुम्लुङ लिम्बुवान प्रदेश उपाध्यक्ष कविन्द्र सेर्मा, सचिवालय सदस्य नारायण अाङ्लाबाङ, कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लगायतका महानुभावहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको अौचित्य बलनाथ नाल्वोले चर्चा गर्नुभएको थियाे ।
सुनसरी धरान, इटहरी, विर्तामोड, दमक, उर्लावारी र इलामबाट पाल्नु भएका पालामी सर्जकहरुको पालामी अावाज र के:लाङ्को अावाजले गुञ्जायमान भव्य कार्यक्रम सञ्चालन मिडिया पर्सन बिरेन्द्र कुमार याक्थुङबाले गरेका थिए ।
स्मरण रहोस् शालिक स्थापना गर्नको निमित्त देशविदेशबाट अार्थिक सहयोग गर्नुहुने महानुभावहरुको नामावली अनावरण समारोहका सह-संयोजक याक्थुङ युवा मञ्च कमल गाउँ कार्य समितिका अध्यक्ष अाशिष लेछर्वोले वाचन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;