भुपेन्द्रको निर्देशनमा सेमिहाङको ‘साम्याङफुङ २’ सार्वजनिक

,   लिम्बुवान न्युज
                       

दमक, २४ माघ ।  लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को अपार सफलता पछि लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

भुपेन्द्र तुम्बाहाङफेको छायांकन, परिकल्पना तथा निर्देशनमा रेखा लिम्बू, सेमिहाङ सिंगक, प्रेम सुब्बा, मौसम इम्बुङ(फुलेन्देको बाउ), सोना सिंगक र पञ्च लावतीको अभिनय रहेको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो काठमाडौंमा अवस्थित मण्डला थिएटरमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको हो ।

मन पराएको मायालुलाई मनभरि सपना बुन्दै परदेशबाट सम्झेर लिन आउदै गर्दा तिनै मायालुको विवाह हुदैं गरेको दृश्य देखेर बिरक्तिएको प्रेमिको कथा प्रस्तुत गरिएको भिडियोमा हरि इवाहाङको सहायक निर्देशन, अनिस सुब्बा र सन्तोष राईको आर्ट प्रडक्शन, सोयाश्री बज्रचार्यको मेकअप, अनिल रानाको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।

देबेश राईको संगीत संयोजनमा स्टुडियो ए वान म्यूजिसियनमा राजेश श्रेष्ठले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो गायक तथा संगीतकार सेमिहाङ सिंगकको अफिसियल युट्यूव च्यानल सेमिहाङ क्रिएशनबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;