भुपेन्द्रको निर्देशनमा सेमिहाङको ‘साम्याङफुङ २’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, २४ माघ ।  लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को अपार सफलता पछि लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

भुपेन्द्र तुम्बाहाङफेको छायांकन, परिकल्पना तथा निर्देशनमा रेखा लिम्बू, सेमिहाङ सिंगक, प्रेम सुब्बा, मौसम इम्बुङ(फुलेन्देको बाउ), सोना सिंगक र पञ्च लावतीको अभिनय रहेको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो काठमाडौंमा अवस्थित मण्डला थिएटरमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको हो ।

मन पराएको मायालुलाई मनभरि सपना बुन्दै परदेशबाट सम्झेर लिन आउदै गर्दा तिनै मायालुको विवाह हुदैं गरेको दृश्य देखेर बिरक्तिएको प्रेमिको कथा प्रस्तुत गरिएको भिडियोमा हरि इवाहाङको सहायक निर्देशन, अनिस सुब्बा र सन्तोष राईको आर्ट प्रडक्शन, सोयाश्री बज्रचार्यको मेकअप, अनिल रानाको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।

देबेश राईको संगीत संयोजनमा स्टुडियो ए वान म्यूजिसियनमा राजेश श्रेष्ठले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो गायक तथा संगीतकार सेमिहाङ सिंगकको अफिसियल युट्यूव च्यानल सेमिहाङ क्रिएशनबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...

पहिचानवादीहरुको विराटनगरमा वृहत जनप्रदर्शन

विराटनगर, ५ चैत्र । कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै पहिचानवादी दल, संघसंगठानहरु आन्दोलनमा उत्रिएका छन् । पहिचान मेटाएर प्रदेशको नाम राखेको भन्दै असन्तुष्ट बनेका पहिचानवादी दल र संघसंगठनहरु आन्दोलनमा उत्रिएका हुन् । अघिल्लो प्रदेशसभामा...

लिम्बु कथानक चलचित्र ‘सुगुत्’को छायांकन सम्पन्न

काठमाडौ, ३ चैत्र । लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङका साथै भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरि गत फागुन मसान्तमा सकिएको हो । चोक्फुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ्...