एम.एफ.सी. दार्जिलिङको पहिलो जित

,   लिम्बुवान न्युज
                       

दमक, २४ माघ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा एम.एफ.सि.दार्जिलिङ भारतले जित निकालेको छ ।

मंगलबार इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा रोयल स्पोर्टिङ क्लब दमक झापालाई ५–१ गोल अन्तरले पराजित दार्जिलिङले जित निकालेको हो ।

दार्जिलिङको जितमा सोनिया मारकले ४ र सुस्मिता लेप्चाले १ गोल गरिन । यता दमकको लागि भने एक मात्र गोल मेनुका आलेमगरले फर्काइन् ।

खेलको पहिलो हापमा सोनिया मारकले ह्याट्रिक गर्दै टिमलाई ३–० को फराकिलो अन्तरले अग्रता दिलाईन् ।

यस्तै खेलको दोस्रो हापको पहिलो सान्तवना गोल दमकको तर्फबाट मेनुका आलेमगरले गरिन् । त्यसपछि पाहुना टेलीकै सोनिया मारक र सुस्मिता लेप्चाले एक/एक गोल गर्दै टिमलाई फाराकिलो जित दिलाए ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ अन्तरगत भोलि बुधबार माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरी, र गाइघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

प्रतियोगितको विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;