एम.एफ.सी. दार्जिलिङको पहिलो जित

 लिम्बुवान न्युज
                       

दमक, २४ माघ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा एम.एफ.सि.दार्जिलिङ भारतले जित निकालेको छ ।

मंगलबार इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा रोयल स्पोर्टिङ क्लब दमक झापालाई ५–१ गोल अन्तरले पराजित दार्जिलिङले जित निकालेको हो ।

दार्जिलिङको जितमा सोनिया मारकले ४ र सुस्मिता लेप्चाले १ गोल गरिन । यता दमकको लागि भने एक मात्र गोल मेनुका आलेमगरले फर्काइन् ।

खेलको पहिलो हापमा सोनिया मारकले ह्याट्रिक गर्दै टिमलाई ३–० को फराकिलो अन्तरले अग्रता दिलाईन् ।

यस्तै खेलको दोस्रो हापको पहिलो सान्तवना गोल दमकको तर्फबाट मेनुका आलेमगरले गरिन् । त्यसपछि पाहुना टेलीकै सोनिया मारक र सुस्मिता लेप्चाले एक/एक गोल गर्दै टिमलाई फाराकिलो जित दिलाए ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ अन्तरगत भोलि बुधबार माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरी, र गाइघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

प्रतियोगितको विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

सम्बन्धित समाचार

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...

पहिचानवादीहरुको विराटनगरमा वृहत जनप्रदर्शन

विराटनगर, ५ चैत्र । कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै पहिचानवादी दल, संघसंगठानहरु आन्दोलनमा उत्रिएका छन् । पहिचान मेटाएर प्रदेशको नाम राखेको भन्दै असन्तुष्ट बनेका पहिचानवादी दल र संघसंगठनहरु आन्दोलनमा उत्रिएका हुन् । अघिल्लो प्रदेशसभामा...

लिम्बु कथानक चलचित्र ‘सुगुत्’को छायांकन सम्पन्न

काठमाडौ, ३ चैत्र । लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङका साथै भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरि गत फागुन मसान्तमा सकिएको हो । चोक्फुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ्...