आज कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम भिड्दै

 लिम्बुवान न्युज
                       

दमक, २६ माघ । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ मा  आज कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, बीच खेल हुनेछ ।

बुधबार भएकाे खेलमा माउण्ड एभरेष्ट स्पोटिङ क्लब सुनसरीले सुरुवात गरेको छ ।

उक्त खेलमा उस्ले ट्राइबेकरको सहायताले गाईघाट फुटबल क्लब उदयपुरलाई पाखा लगायो । कपमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गरिरहेको छ ।

खेलका विजेताले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।

आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कप फागुन ३ गतेसम्म प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको छ ।

सम्बन्धित समाचार

स्रष्टा पब्लिकेसनले ल्यायो “सपनाहरुको बही”

दमक, जेष्ठ १२/ शुक्रबार झापाको दमकमा पूर्वेली साहित्यकारहरुको बाक्लो उपस्थितिमा साहित्यकार अभागी थेगुवाको कविता सङग्रह ‘सपनाहरुको बही’ को लोकार्पण भएको छ । झापाको दमक स्थित गोर्खा किचनको सभाहलमा स्रष्टा पब्लिकेसनद्वारा प्रकाशित साहित्यकार थेगुवाको कविता सङग्रह...

उभौली र यक्वा तङ्नाममा प्रदेशमन्त्री र सदस्यहरु आए अवरोध हुने

ललितपुर, ११ जेठ । प्रदेश १ मा बसेबास गर्ने किरात राई, लिम्बू (याक्थुङ्), सुनुवार, याक्खा लगायत किराती समुदायको विहीबार वैशाख शूल्क पूर्णिमादेखि साकेला उभौली चार्ड सुरु भएको छ । यो बर्ष पनि किरातीहरुले यो पर्वलाई...

माङसेबुङ ६ मा पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु

दमक, झापा । इलामको माङसेबुङ गाउँपालिकामा पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु भएको छ । वडास्तरीय महिला समन्वय समितिको आयोजनामा मंगलबार देखि माङसेबुङ ६, चिसोपानी स्थित बाँझो स्वास्थ्य कार्यालयको सभाहलमा उक्त तालिम सुुरु भएको हो ।...

किरातीहरुले मनाउँदै उभौली

ललितपुर, १० जेठ । किरात जातीहरुले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानहरुमा पूजा आराधना गरी उभौली मनाउँदैछन् । बालीनाली लगाउनुअघि विभिन्न गाउँठाउँमा रहेका भूमेस्थान लगायत प्राकृतिक स्थलहरुमा राम्रोसँग फलोसफुलोस् भनी प्रकृतिको पूजा आराधना गरिने...