ताप्लेजुङ सेमिफाइनलमा प्रवेशः आज जनता सेभेन स्पोर्टिङ क्लव र धनकुटा भिड्दै

,   लिम्बुवान न्युज
                       

माघ २८, माङसेबुङ । इलामको माङसेबुङमा जारी पवित्रहाङ कप फूटबलको शुक्रबार भएको खेलमा माउण्ड एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीलाई २–० गोल अन्तरले पाराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङको जितमा सुजता पालुङवा र सितल क्षेत्रीले एक एक गोल गरिन । खेलको पहिलो हाफको नवौं मिनेटमा ताप्लेजुङका सुजता पालुङवाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

त्यसपछि खेलको २३औ मिनेटमा ताप्लेजुङका सितल क्षेत्रीले गोल गर्दै टिमलाई जित दिलाइन् । ताप्लेजुङकी सितल क्षेत्री खेलको वुमन अफ द म्याच घोषित भइन् ।

इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज शनिबार जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलाम र धनकुटा जिल्ला फुटबल संघ धनकुटाबिच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने अन्तिम क्वाटरफाइनल खेल सुर्योदय इलाम र धनकुटाबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

किरात धर्मगुरु साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा धर्मगुरु लिङदेन आत्मानन्द सेईङज्यूो नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद दुई लाख एक सय ६७ र उपविजेताले एक लाख एक सय ६७ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;